ओलीका मन्त्री ब्यापारीको थैली गन्नमै भेटीए बिजी,मध्यरातमा किन फालिए यस्ता इमान्दार डिजी



हाम्रो इकोनोमि

उपभोक्ता ठगी गर्ने ठूला अस्पताल, गाडी कम्पनी, बोर्डिङ स्कुलहरुको अनुगमन गरी चर्चामा आएका आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरुवा गरेका छन् । महानिर्देशक दाहाललाई मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

भ्रष्टाचार विरोधी छवि बनाएका मन्त्री यादवले उपभोक्ता ठगी गर्नृे ठूला उद्योगलाई ठगीमा कारबाही गर्न खोज्ने महानिर्देशक दाहालको सरुवा गरेका छन् । १ करोड मूल्यमा बिक्री गर्नुपर्ने गाडी १ करोड ५२ लाखमा बिक्री गर्ने गाडी कम्पनीविरुद्ध उनले अनुगमन गरी ठगीमा मुद्दा चलाउन प्रहरी कार्यालयमा फाइल पठाएका थिए । बिरामी लुट्ने अस्पतालले ठगी गरेका प्रमाणसहित उनले ठगीमा कारबाही अगाडि बढाउनू भने पनि प्रहरीले मुद्दा नचलाई उनलाई सफल हुन दिएन ।
चौधरी ग्रुपको नर्भिक अस्पतालले बिरामीसँग सर्भिस चार्ज भनेर लिइसकेपछि पुनः बेड सर्भिस चार्ज भनेर ब्रम्हलुट गरेको पाइएपछि उनले कारबाहीका लागि प्रहरीमा पठाएका थिए । लक्ष्मी हुन्डाई गाडी, चौधरी गु्रुपको अरुण इन्टरकन्टिनेन्टल सर्भिसले बिक्री गर्ने सुजुकी लगायतका गाडी कम्पनीविरुद्ध पनि उनले ठगीमा मुद्दा चलाउन सिफारिस गरेका थिए । बोर्डिङ स्कुलहरु युलनेस, जेम्स, रातोबंगला, प्रिमियर, पाठशाला जस्ता स्कुलले करोडौैं धरौटी फिर्ता नगरी पचाएपछि त्यो फिर्ता गराउन पहल गरेका थिए । र, त्यो धरौटी फिर्ता नगर्ने स्कुलमाथि कारबाही गर्ने अडान लिएका थिए ।

बोडिङ स्कुलहरुले भर्ना फर्मबाट मात्र बार्षिक २ करोड रुपैयाँ गैरकानुनी रुपमा लिएको अनुगमनका क्रममा पाएपछि उनी कडा कारबाही गर्नुपर्ने पक्षमा थिए । र, जेम्स स्कुलले भर्ना गर्दा लिएको धरौटी फिर्ता नगरेको ३ करोड रकम भेटिएको थियो । उक्त रकम तत्काल विद्यार्थी वा अभिभावकलाई फिर्ता गर्न उनले निर्देशन दिएका थिए । जेम्सले फिर्ता कहाँ र कसलाई गर्ने भनेर विवाद गरेपछि उनले प्रत्येक विद्यार्थीको खातामा हाल्न निर्देशन दिएका थिए । यसरी ठगीका विरुद्ध कडा रुपमा उत्रिएका महानिर्देशक दाहालविरुद्ध सबै माफियाहरु एकढिक्का भएर उत्रिएर उनको सरुवा गराएका छन् । ठूलो रकम घुसको अफर गर्दा र शक्तिकेन्द्रबाट दबाब आउँदा पनि उनले निर्भिक भएर ठगी गर्ने ब्यापारीहरुलाई कारबाही गर्ने अडानमा रहेकै कारण उनी सरुवा भएका छन् ।
मन्त्रीको निर्देशनलाई अटेर गर्दै नर्भिक अस्पताल लगायतका ठगी गर्ने संस्था र अस्पतालविरुद्ध उत्रिएपछि उनी सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...