एआइजीकी श्रीमती हुँ भन्दै करोडौं ठग्ने महिला यसरी जाकिइन खोरमा



हाम्रो इकोनोमि

आफूलाई राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिला पक्राउ परेकी छन्।तनहुँको ब्यास-११ बस्ने ४० वर्षीय यमुना खड्कालाई सवा करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रिय अनुसन्धान विभागमा सिपाही तथा असई बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट करोडौं रूपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यस्तै उनीसँगै पक्राउ परेका अर्को व्यक्ति मोहन दुराले आफूलाई नेपाली सेनाको जमदार तथा बहालवाला जर्नेलको पिए हुँ भन्दै व्यक्तिहरूसँग रकम उठाएर ठगी गरेका थिए।

उनले नेपाली सेनाको सिपाही तथा सेकेण्ड लेफ्टिनेन्ट पदमा समेत भर्ना गराइदिने, बहालवाला नेपाली सेनाका कर्मचारीलाई शान्ति शेना पठाइदिने भन्दै लाखौ रकम ठग्दै आएका थिए।

उनीहरूसँगै समूहमा रहेर ठगी गर्दै हिड्ने ४७ वर्षिय पशुपति अधिकारी र रमेश कुमाललाई समेत ठगीको आरोपमा पक्राउ गरेको काठमाडौं परिसरका एसएसपी दिनेश लोहनीले सेतोपाटीलाई बताए।

उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूले सिपाहीका लागि प्रतिव्यक्ति २ लाख, सेनाको सेकेन्ड लेफ्टिनेन्टका लागि ७ लाख, शान्ति सेनामा पठाइदिनका लागि २ लाख तथा पोल्याण्डलगायतका युरोपियन देशमा पठाइदिने भन्दै १ लाख ५० हजार गरी कुल सवा करोड ठगेका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...