प्रधानमन्त्री ओलीलाई धारेहात लगाउदै लालबाबुले भने- मलाई रोक्न ओलीले किन यस्तो नीति बनाए?



हाम्रो इकोनोमि

परराष्ट्र मन्त्रालयको कूटनीतिकसम्बन्धी निर्देशनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन्। परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटलाई ‘लगाम’ लगाएपछि राउतले आपत्ति जनाएका हुन्।

पछिल्लो समय स्थानीय तथा प्रादेशिक सरकार गठन भएसँगै कूटनीतिक नियोगका प्रमुखहरूले स्थानीय तहमा पुगेर भेटघाटलाई तीव्र बनाएपछि परराष्ट्रले ‘लगाम’ लगाउँदै निर्देशन जारी गरेको थियो।

मुख्यमन्त्री लालबाबु राउतले परराष्ट्रको निर्देशनलाई आफूलाई रोक्नकै लागि लागु गरिएको भन्दै आपत्ति जनाएका हुन्। वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंजमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘मैले मुख्यमन्त्रीको पदभार सम्हालेपछि काठमाडौंमा गएर यति धेरै डोनर एजेन्सी र विदेशी कूटनीतिज्ञहरूसँग भेटे कि, प्रधानमन्त्री केपी ओलीले म माथि रोक लगाउन परराष्ट्रको स्वीकृति लिनु पर्ने नियम नै ल्याउनु भयो।’

उनले प्रधानमन्त्री ओली र केन्द्र सरकार आफ्नो कामले चिन्तामा परेको आरोप लगाए। ‘मैले गरेका राम्रा काम देखेर प्रधानमन्त्री ओली र उनको सरकार चिन्तामा छ। तर मैले आफ्नो प्रदेशको विकास र समृद्धिको लागि गम्भीर भएर लागेको छु। चिन्ता लिएर केही हुनेवाला छैन’ उनले थपे, ‘मलाई थाहा छ मुलुककै उत्कृष्ट प्रदेश कसरी बनाउने हो भन्ने।’

मुख्यमन्त्री लालबाबुले प्रदेशलाई विकसित र समृद्ध बनाउन चीनको आर्थिक नीति ‘बलियो र इमान्दार नेतृत्वको’ सोच लागु गरी प्रदेशका आगामी नीति तथा कार्यक्रम ल्याउन लागेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...