जुवा अखाडामा प्रहरीको छापा, १४ जुवाडे पक्राउ, सात लाख बरामद



हाम्रो इकोनोमि

महानगरीय प्रहरी आयुक्त कार्यालय र महानगरीय परिसरको संयुक्त टोलीले बुधबार काठमाडौैंका गोंगबु र गोकर्णेश्वर नगरपालिकाका दुई ठूला जुवा अखडामा छापा हानी करिब ७ लाख रुपैयाँ बरामद गरेको छ भने १४ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित पूर्ण लामाको घरमा जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौबाट संयुक्त प्रहरी परिचालन गरी छापा मार्दा तास खेलिरहेको अवस्थामा ६ बुक तास र नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले पक्राउ गरेका जुवा खेल्ने र खेलाउनेहरुमा पूर्ण लामा, अर्जुन आचार्य, दावा शेर्पा, फुर्वा शेर्पा, चेना शेर्पा, वीरबहादुर तामाङ, कृष्णा तामाङ, दौलतसिंह लामा, दावा शेर्पा, विक्रम लामा र निशान लामा छन् । गोकर्णेश्वरबाट प्रहरीले जुवा अखाडाबाट ६ लाख ४० हजार ३ सय ४० रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...