जुवा अखाडामा प्रहरीको छापा, १४ जुवाडे पक्राउ, सात लाख बरामद



हाम्रो इकोनोमि

महानगरीय प्रहरी आयुक्त कार्यालय र महानगरीय परिसरको संयुक्त टोलीले बुधबार काठमाडौैंका गोंगबु र गोकर्णेश्वर नगरपालिकाका दुई ठूला जुवा अखडामा छापा हानी करिब ७ लाख रुपैयाँ बरामद गरेको छ भने १४ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित पूर्ण लामाको घरमा जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौबाट संयुक्त प्रहरी परिचालन गरी छापा मार्दा तास खेलिरहेको अवस्थामा ६ बुक तास र नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले पक्राउ गरेका जुवा खेल्ने र खेलाउनेहरुमा पूर्ण लामा, अर्जुन आचार्य, दावा शेर्पा, फुर्वा शेर्पा, चेना शेर्पा, वीरबहादुर तामाङ, कृष्णा तामाङ, दौलतसिंह लामा, दावा शेर्पा, विक्रम लामा र निशान लामा छन् । गोकर्णेश्वरबाट प्रहरीले जुवा अखाडाबाट ६ लाख ४० हजार ३ सय ४० रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...