ओली सरकारले सिन्डिकेट पक्षधर यातायात व्यवसायीको घुँडा खुस्कायो,भोली देखी सबै गाडी चल्ने



हाम्रो इकोनोमि

सडकमा एकाधिकारको माग गर्दै आन्दोलनमा उत्रेका कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले बिहीबारदेखि यातायात सञ्चालन गर्ने भएका छन्। सरकारले अन्य यातायात समितिलाई अस्थायी रुट परमिट दिएर सञ्चालन गर्न थालेपछि उनीहरु रक्षात्मक बनेका हुन्।

बिहीबारदेखि बस सेवा सुचारु गरिने कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले बताए।

‘भोलिदेखि हाम्रो सेवा सुचारु हुनेछ,’ उनले भने, ‘२३ गते यातायात व्यवसायी महासंघको ३ नम्बर प्रदेश कमिटीले छलफलमा बोलाएको छ, २६ गते व्यवसायी महासंघले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। त्यसपछि थप निर्णय गर्नेछौं।’

काभ्रे र भक्तपुरका बस व्यवसायीहरुले १८ गतेदेखि २० गतेसम्म कोटेश्वर पूर्वको ग्रामीण भेगमा यातायात ठप्प पार्नुका साथै बुधबार कोटेश्वर पूर्वको बस सेवा पूर्णरुपमा बन्द गरेका थिए।

नयाँ कम्पनी मयुर यातायातलाई बनेपासम्मको रुट इजाजत दिएपछि पुराना १३ वटा बस व्यवसायी समिति आन्दोलनमा उत्रेका थिए। उनीहरुको आन्दोलनलाई चुनौती दिँदै यातायात व्यवस्था विभागले बुधबार साझा, सिटी मेट्रो तथा मयुरलाई धुलिखेलसम्मकै अस्थायी रुट अनुमति दिएको थियो। थप आन्दोलन गरेमा पुराना बस व्यवसायीहरुको रुट इजाजत नै खारेज गर्ने तयारी गरिएपछि उनीहरु रक्षात्मक बनेका हुन्।

सरकार तानाशाही भयो : महासंघ

यातायात व्यवसायी महासंघले आफूहरु विरुद्ध सरकार तानाशाही रुपमा प्रस्तुत भएको बताएको छ। सरकारले यातायात व्यवस्थापन निर्देशिका संशोधन गरी यातायात समितिको सिफारिसमा रुट परमिट दिने प्रावधान खारेज गरी कम्पनी दर्ता अनिवार्य गरेपछि व्यवसायीहरु रुष्ट देखिएका छन्।

‘लोकतान्त्रिक व्यवस्थामा सम्बन्धित पक्षसँग छलफल त गर्नुपर्थ्यो’, महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भन्छन्, ‘तर, हामीसँग कुनै परामर्श नै भएन, यस विषयमा हामी प्रधानमन्त्रीसँग पनि छलफल गर्छौं।’
महासंघले २६ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

सरकारले देशभरको यातायात सिन्डिकेटलाई आक्रामक रुपमा कारबाही गर्न यातायात कार्यालय तथा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...