एक लाख लिएर फर्निचर व्यवसायी बलुको हत्या गर्ने मनोज पुनका सहयोगी यसरी जाकीए खोरमा



रुपन्देही देवदहका व्यवसायी वसन्त पौडेल ‘बलु’को हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पौडेललाई गोली प्रहार गरेको अभियोगमा लमजुङ बांग्रे घर भई पोखरा लेखनाथ महानगरपालिकामा बस्दै आएका २१ वर्षीय सुभाष गुरुङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

‘घटनास्थलदेखिको अध्ययन र अन्य सुराकीको आधारमा सुभाष गुरुङ नै सुटर हुन् भन्ने पुष्टि भएको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने।

मंगलबार पोखराबाट पक्राउ परेका गुरुङलाई ज्यान मुद्दा, हातहतियार खरखजाना र संगठित अपराध अन्तरगतको मुद्दा चलाउने उनले बताए।

रुपन्देहीको देवदहका फर्निचर व्यवसायी पौडेलको गत पुस २१ गते हत्या भएको थियो। हत्याका लागि गुरुङले एक लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।
पौडेल हत्याका योजनाकार मनोज पुन र सोम आलेको प्रहरीसँगको मुठभेडमा गत महिना मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र