एक लाख लिएर फर्निचर व्यवसायी बलुको हत्या गर्ने मनोज पुनका सहयोगी यसरी जाकीए खोरमा



हाम्रो इकोनोमि

रुपन्देही देवदहका व्यवसायी वसन्त पौडेल ‘बलु’को हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पौडेललाई गोली प्रहार गरेको अभियोगमा लमजुङ बांग्रे घर भई पोखरा लेखनाथ महानगरपालिकामा बस्दै आएका २१ वर्षीय सुभाष गुरुङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

‘घटनास्थलदेखिको अध्ययन र अन्य सुराकीको आधारमा सुभाष गुरुङ नै सुटर हुन् भन्ने पुष्टि भएको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने।

मंगलबार पोखराबाट पक्राउ परेका गुरुङलाई ज्यान मुद्दा, हातहतियार खरखजाना र संगठित अपराध अन्तरगतको मुद्दा चलाउने उनले बताए।

रुपन्देहीको देवदहका फर्निचर व्यवसायी पौडेलको गत पुस २१ गते हत्या भएको थियो। हत्याका लागि गुरुङले एक लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।
पौडेल हत्याका योजनाकार मनोज पुन र सोम आलेको प्रहरीसँगको मुठभेडमा गत महिना मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...