सिन्डिकेटवालालाई ओली सरकारले यसरी लगायो सिस्नुपानी,एकैदिन ८ कम्पनीले रुट परमिट पाए छानी-छानी



हाम्रो इकोनोमि

सडकमा एकाधिकारको पक्षमा यातायात सेवा नै रोकेर आन्दोलन गर्ने कोटेश्वर पूर्वका यातायात व्यवसायीको आन्दोलनपछि सरकार झन् कडा रुपमा प्रस्तुत भएको छ।
१३ वटा यातायात समितिहरुले बुधबार गाडी नचलाएपछि यातायात व्यवस्था विभागले ८ वटा कम्पनीलाई धुलिखेल र पनौतीसम्मको अस्थायी रुट परमिट दिएको छ। काभ्रे र भक्तपुरका बस व्यवसायीहरुलाई काउन्टर दिन सरकारले यस्तो निर्णय गरेको हो।

उनीहरुको आन्दोलनपछि साझा र मयुर यातायातले धुलिखेलसम्म नै सेवा दिन थालेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। बुधबारदेखि नै ८ वटा यातायात कम्पनीहरुले अस्थायी रुट लिएर गाडी चलाउन थालेका छन्।

मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको विरोधमा अरनिको, काभ्रे बस व्यवसायी लगायतले विरोध गर्दै बुधबार कोटेश्वर पूर्व सेवा रोकेका हुन्। बिहीबारदेखि नै उनीहरुले सेवा रोके थप कारबाही गरी ती रुटमा अन्य यातायात कम्पनीलाई स्थायी रुट दिइने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...