४७ वर्षका उप–सचिवले प्रेममा धोखा पाएको भन्दै झुण्डिएर आत्महत्या गरे



हाम्रो इकोनोमि

रुपन्देहीमा कार्यरत नेपाल सरकारका एक उप–सचिव झुण्डिएको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रदेश नम्बर ५ को उद्योग मन्त्रालयमा कार्यरत ४७ वर्षका उप–सचिव विष्णुहरि अर्यालको शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । अर्याल सिद्धार्थनगर नगरपालिका–८ मा रहेको घरेलु तथा साना उद्योग कार्यालयको गेष्ट हाउसमा बस्दै आएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–११ जागृतीचोकका आचार्य केही हप्ता अघि मात्रै भैरहवा आएका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको प्रहरी उपरीक्षक ज्ञवालीको भनाई छ ।

उप–सचिव अर्यालको शव बन्द कोठाबाट ढोका फोरेर निकालिएको उनले बताए । पोष्टमार्टम गरेर उनको शव परिवारलाई जिम्मा लगाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रोतका अनुसार उनले प्रेममा धोका पाए पछी आत्महत्या गरेको हुन् सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...