४७ वर्षका उप–सचिवले प्रेममा धोखा पाएको भन्दै झुण्डिएर आत्महत्या गरे



हाम्रो इकोनोमि

रुपन्देहीमा कार्यरत नेपाल सरकारका एक उप–सचिव झुण्डिएको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रदेश नम्बर ५ को उद्योग मन्त्रालयमा कार्यरत ४७ वर्षका उप–सचिव विष्णुहरि अर्यालको शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । अर्याल सिद्धार्थनगर नगरपालिका–८ मा रहेको घरेलु तथा साना उद्योग कार्यालयको गेष्ट हाउसमा बस्दै आएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–११ जागृतीचोकका आचार्य केही हप्ता अघि मात्रै भैरहवा आएका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको प्रहरी उपरीक्षक ज्ञवालीको भनाई छ ।

उप–सचिव अर्यालको शव बन्द कोठाबाट ढोका फोरेर निकालिएको उनले बताए । पोष्टमार्टम गरेर उनको शव परिवारलाई जिम्मा लगाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रोतका अनुसार उनले प्रेममा धोका पाए पछी आत्महत्या गरेको हुन् सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...