एक अर्काका कट्टर दुश्मन देखादेख हुँदा पनि दाह्रा किट्ने ओली र देउवाको डेढ महिनापछि बालुवाटारमा जम्काभेट



हाम्रो इकोनोमि

शुक्रवारदेखि शुरु हुने भारत भ्रमणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसंग परामर्श गरेका छन् । नेपाल–भारत प्रवुद्ध समूहका सदस्यसहित प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसंग परामर्श गरेका हुन् ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द सहभागी थिए ।

गत फागुन ३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटार छाडेका देउवा त्यसयता पहिलो पटक बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणको विषयमा पूर्वप्रधानमन्त्रीहरुको सुझाव लिएका हुन् । यसअघि मंगलवार संसदलाई सम्बोधन गर्दै ओलीले भारत भ्रमणको क्रममा देशको शिर झुक्ने काम नगर्ने बताएका थिए ।

तीनदिने भ्रमणका लागि ओली २३ गते भारतको राजधानी दिल्ली प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...