सिन्डिकेट कायम हुनु पर्ने भन्दै यातायात ब्यबसायीले कोटेश्वर पूर्वको यातायात सेवा पुरै ठप्प पारे



हाम्रो इकोनोमि

वर्षौं लामो एकाधिकार तोडेको विरोधमा कोटेश्वर पूर्वका १३ वटा यातायात समितिहरुले बुधबार सेवा ठप्प बनाएका छन्। यातयात व्यवस्था विभागले मयुर यातायातलाई बनेपासम्मको रुट पर्मिट दिएको विरोधमा उनीहरुले यातयात सेवा रोकेका हुन्। उनीहरुको आन्दोलनबाट सयौं यात्रुहरु मर्कामा परेका छन्।

कोटेश्वर पूर्व यातायात समन्वय समितिले मयुर यातायातलाई रुट पर्मिट दिएको विरोधमा आन्दोलन गरेको हो। सोही समितिका केही बसहरु भने चलेका छन्।

चैत १ गतेदेखि मयुर यातायातले बनेपासम्म सेवा दिएपछि पुराना बस व्यवसायीहरुको व्यापार खस्किएको थियो। त्यसपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। मयुरले वाईफाईसहितको सुविधासम्पन्न बसहरु चलाएपछि पुराना व्यवसायीको व्यापार खस्किएको हो।

कोटेश्वर पूर्व समन्वय समितिका अध्यक्ष बलराम त्वानाबसुले आज यातायात सेवा रोकिएको र थप छलफल पछि नयाँ चरणको आन्दोलनका कार्यक्रम तय गरिने बताए। चैत २३ गते यातायात व्यवसायी महासंघको ३ नम्बर प्रदेश समितिले यस विषयमा थप छलफल गर्ने भएको छ।

गृह मन्त्रालयले भने सिन्डिकेटको पक्षमा यातायात सेवा रोकेमा अत्यावश्यक सेवा ऐनअुनसार उनीहरुको रुट पर्मिट खारेज गर्न निर्देशन दिइसकेको छ।

सिन्डिकेट खारेज गर्न सरकारले यातायात व्यवस्थापन निर्देशिका संशोधन गरी यातायात समितिको सिफारिसमा रुट पर्मिट दिने प्रावधान खारेज गरी कम्पनी दर्ता अनिवार्य गरेको छ।

त्यसको विरोधमा यातायात व्यवसायी महासंघले आगामि चैत२६ गते देशभरीका सबै समितिका अध्यक्षहरुको बैठक बोलाएको छ। आफुहरुसँग सल्लाह नै नगरी सरकारले नयाँ प्रावधान लागू गर्नु गलत भएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य बताउँछन्।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...