सिन्डिकेट कायम हुनु पर्ने भन्दै यातायात ब्यबसायीले कोटेश्वर पूर्वको यातायात सेवा पुरै ठप्प पारे



हाम्रो इकोनोमि

वर्षौं लामो एकाधिकार तोडेको विरोधमा कोटेश्वर पूर्वका १३ वटा यातायात समितिहरुले बुधबार सेवा ठप्प बनाएका छन्। यातयात व्यवस्था विभागले मयुर यातायातलाई बनेपासम्मको रुट पर्मिट दिएको विरोधमा उनीहरुले यातयात सेवा रोकेका हुन्। उनीहरुको आन्दोलनबाट सयौं यात्रुहरु मर्कामा परेका छन्।

कोटेश्वर पूर्व यातायात समन्वय समितिले मयुर यातायातलाई रुट पर्मिट दिएको विरोधमा आन्दोलन गरेको हो। सोही समितिका केही बसहरु भने चलेका छन्।

चैत १ गतेदेखि मयुर यातायातले बनेपासम्म सेवा दिएपछि पुराना बस व्यवसायीहरुको व्यापार खस्किएको थियो। त्यसपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। मयुरले वाईफाईसहितको सुविधासम्पन्न बसहरु चलाएपछि पुराना व्यवसायीको व्यापार खस्किएको हो।

कोटेश्वर पूर्व समन्वय समितिका अध्यक्ष बलराम त्वानाबसुले आज यातायात सेवा रोकिएको र थप छलफल पछि नयाँ चरणको आन्दोलनका कार्यक्रम तय गरिने बताए। चैत २३ गते यातायात व्यवसायी महासंघको ३ नम्बर प्रदेश समितिले यस विषयमा थप छलफल गर्ने भएको छ।

गृह मन्त्रालयले भने सिन्डिकेटको पक्षमा यातायात सेवा रोकेमा अत्यावश्यक सेवा ऐनअुनसार उनीहरुको रुट पर्मिट खारेज गर्न निर्देशन दिइसकेको छ।

सिन्डिकेट खारेज गर्न सरकारले यातायात व्यवस्थापन निर्देशिका संशोधन गरी यातायात समितिको सिफारिसमा रुट पर्मिट दिने प्रावधान खारेज गरी कम्पनी दर्ता अनिवार्य गरेको छ।

त्यसको विरोधमा यातायात व्यवसायी महासंघले आगामि चैत२६ गते देशभरीका सबै समितिका अध्यक्षहरुको बैठक बोलाएको छ। आफुहरुसँग सल्लाह नै नगरी सरकारले नयाँ प्रावधान लागू गर्नु गलत भएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य बताउँछन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...