गोलाप्रथाबाटै २ वर्षमै यसरी खुस्किन्छ सांसद पद,यस्ता सांसद बढारीन्छन्



हाम्रो इकोनोमि

सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छभन्दा । तर, सत्य हो । राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमै सकिनेछ । संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरूको पदावधि सम्बन्धी व्यवस्था छ ।
यो धारको उपधारा ३ मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधी कायम गर्दा गोलाप्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षको हुने गरी पदावधि कायम गरिनेछ ।’

तर, प्रतिनिधिसभाको कार्यकाल भने ५ वर्षको हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्तरुपलाई संघीय संसद भनिन्छ । प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो संसद हो ।

सरकारद्वारा मनोनीत राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रियसभा नै स्थायी भएको र प्रतिनिधिभालाई पनि निरानी गर्ने भएकाले यसको महत्व झनै बढेको बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...