गोलाप्रथाबाटै २ वर्षमै यसरी खुस्किन्छ सांसद पद,यस्ता सांसद बढारीन्छन्



हाम्रो इकोनोमि

सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छभन्दा । तर, सत्य हो । राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमै सकिनेछ । संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरूको पदावधि सम्बन्धी व्यवस्था छ ।
यो धारको उपधारा ३ मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधी कायम गर्दा गोलाप्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षको हुने गरी पदावधि कायम गरिनेछ ।’

तर, प्रतिनिधिसभाको कार्यकाल भने ५ वर्षको हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्तरुपलाई संघीय संसद भनिन्छ । प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो संसद हो ।

सरकारद्वारा मनोनीत राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रियसभा नै स्थायी भएको र प्रतिनिधिभालाई पनि निरानी गर्ने भएकाले यसको महत्व झनै बढेको बताए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...