नामुद ठेकेदार समेत रहेका पूर्वमन्त्रीको कन्स्ट्रक्सनमा विप्लब माओबादीले हान्यो बम,५ वटा गाडी ध्वस्त



कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ ।

धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु¥याइएको छ ।

आज बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा क्षति प¥याएका हुन् ।

लुअम ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरोमा बम प्रहार गरी पूर्णरुपमा क्षति पु¥याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै, ना१क ५६९८, ना१क ४३३८, ना१क ७२४४, ना१क ४३३२ नंका टिपरमा पनि क्षति पुगेको छ । रोड लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ ।

विप्लवका कार्यकर्ताले प्रहार गरेको बमका छर्रा लागेर रत्ननगर–१५ चितवनका २५ वर्षीय विक्रम गुरुङ घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ ।

विप्लवका कार्यकर्ता सो घटना घटाइ फरार रहेको र प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । विप्लवले चन्दा मागेको र दबाब दिएको बारेमा कालिका कन्स्ट्रक्सनले अनभिज्ञता प्रकट गरेको उनको भनाइ छ ।

यता, आयोजना प्रमुख ठाकुर ढकालले विप्लवका कार्यकर्ताले बिना जानकारी क्याम्पमा आगजनी र बम प्रहार गरेको बताए । उक्त घटनाका कारण क्याम्प क्षतिग्रस्त बनेको र काम गर्ने वातावरण हटेको बताए ।

उनले स्थानीय प्रशासनसँग काम गर्ने उपयुक्त वातावरण सिर्जना गरिदिन माग गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा सडक विभाग तथा कन्स्ट्रक्सनलाई जानकारी गराइएको छ र तत्काल काम गर्न सक्ने अवस्था छैन ।

बम र आगजनीपछि स्थानीयवासी र कामदारको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाले थप सवारी तथा मानवीय क्षति हुन नपाएको उनको भनाइ छ ।

यता विप्लवका कार्यकर्ताले मकवानपुरको बकैया गाउँपालिकामा पनि दुई स्काभेटर र एक क्रेनमा क्षति पु¥याएको आयोजना प्रमुख ढकालले बताए ।
सिन्धुलीको धुराबजारदेखि मकवानपुरको हेटौँडासम्मको सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सिन्धुलीको कमलामाई नगरपालिका–४ को कुडुलेदेखि हेटौँडासम्मको ट्र्याक खोल्ने र निर्माण गर्ने कार्य अघि बढाइरहेको छ । ।
यी घटनाको बारेमा अझैसम्म विप्लव नेतृत्वको माओवादीले कुनै प्रतिक्रिया दिएको छैन ।

बम निष्क्रिय पारियो

नुवाकोट(त्रिशूली–ककनी–बालाजु सडकखण्डअन्तर्गत पासाङ ल्हामु मार्गस्थित बेलकोटगढी नगरपालिका–११ अमारेमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले आज अपराह्न निष्क्रिय बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले आज आह्वान गरेको नुवाकोट बन्दलाई लक्ष्य गरी बिहान राखेको बमलाई श्रीनाथ गण देवीघाटबाट गएको सेनाको टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । ।

नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नुवाकोट बन्द आह्वान गरेको जनाएको छ । पार्टी समर्थित जनपरिषद् नुवाकोटका अध्यक्ष विन्तोष सिलवाल ‘अशोक’लाई गत बुधबार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा जिल्ला बन्द गर्नुपरेको नेकपा जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले जानकारी दिए ।

बन्दका कारण जिल्लामा सञ्चालन हुने यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना तथा बजार क्षेत्र प्रभावित बनेको छ ।

पक्राउ परेका अशोकलाई गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र