प्रेमिका लगाएर अपहरण गरेर जेल परेका कैदीले मर्सिडिज चढ्ने हैसियत कसरी बनाए भन्दै जंगीए गृहमन्त्री



‘गृह प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गर्ने कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सोमबार निकै आक्रामक रुपमा प्रस्तुत भए। जनतालाई तस्करहरुले लुटेको र उनीहरुलाई कर्मचारीहरुले सहयोग गरेको तथा नेताहरुले संरक्षण गरेको आरोप गृहमन्त्री थापाले लगाए।

देशमा खरबौंको तस्करी भइरहेको र विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको भनेर टिप्पणी गरेका उनले कारागारभित्रको विकृतिबारे समेत बोल्य भ्याए।

जेलभित्र कर्मचारी र प्रहरीलाई हप्ता बुझाएर भ्रष्टाचार हुने गरेको सूचना आफूले पाएको उनको भनाइ थियो। भाषणका क्रममा उनले भने, ‘विराटनगरमा एक नाइके छन् रे, जो मर्सिडिज चढ्छन् रे,’ उनले भने, ‘अर्का एक कैदीलाई नेवारी खाजा एकदमै मन पर्छ रे, प्रहरीले नै त्यहाँ लिएर जान्छन् रे।’

मन्त्री थापाले मर्जिडिस चढ्ने कैदी भनेका व्यक्ति गुन्डा नाइके अभिषेक गिरी हुन्। अपहरण मुद्दामा जेल परेका उनी मोरङ कारागारका नाइके छन्। जेल प्रशासनलाई आर्थिक प्रभावमा पारी उनी नाइके भएका हुन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी अत्युत रेग्मीलाई प्रेमिका लगाएर अपहरण गरेको आरोपमा गिरी २०७१ साल साउन २० गते ललितपुरमा पक्राउ परेका थिए। जेल परेपछि उनले जेललाई कमाइको थलो बनाएका हुन्। कांग्रेस राजनीतिमा समेत लागेका उनी कांग्रेस नेताहरुको दबाबमा गृहजिल्लाको कारागारमा सरुवा भई त्यहाँ नाइके भएका हुन्।

असल चालचलन भएको कैदीलाई नाइके बनाउने प्रावधान भएपनि चलखेलका आधारमा उनी नाइके भएका थिए। मोरङ कारागारमा उनको राज चल्ने गरेको छ। जेलबाट उनले लाखौं कमाइरहेको रिपोर्ट गृहमन्त्रीकहाँ पुगेको छ।

स्रोतका अनुसार जेलबाट उनी मर्जिडिस कारमा घुम्न र सपिङ गर्न निस्कने गर्छन्। सोही सूचना गृहमन्त्री थापाले सार्वजनिक गरेका हुन्। सोही सूचनाका आधारमा उनलाई त्यहाँबाट हटाउने तयारी भइरहेको छ। गुन्डागर्दी गरेर अकूत सम्पत्ति कमाएको अभियोगमा गिरीविरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दा विशेष अदालतमा विचाराधीन छ।

धेरै कारागारमा आर्थिक चलखेलका आधारमा जेल प्रशासनले नाइके र भाइ नाइकेलाई छान्ने गर्छ। त्यसबापत उनीहरुको कैद समेत छुट हुन्छ भने उनीहरुले सपिङ गर्न जाने लगायतको अधिकार पनि पाउँछन्। जसकारण जेलभित्र संगठित रुपमा भ्रष्टाचार हुने गरेको छ।

सोही सूचना पाएपछि गृहमन्त्री थापाले जेलमा सुधारको अभियान सुरु गरेका छन्। लामो समयदेखि जेलमा नाइके रहेकाहरुलाई १/१ वर्षमा सरुवा गर्न थापाले निर्देशन दिएका छन्।

मन्त्रीको निर्देशन अुनसार नाइकेहरुको हेरफेरका लागि अध्ययन भइरहेको कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र