पत्नीको पार्थिव शरीरलाई चुम्बन गर्दै अँगालो हालेर यसरी रोए मदनकृष्ण,हेर्नुहोस भिडियो



हाम्रो इकोनोमि

सोमबार राती निधन भएकी पत्नी यशोदा सुवेदी ‘श्रेष्ठ’को पार्थिव शरीर दाहसंस्कारका लागि चितामा राख्ना साथ उनी भक्कानिए पछि अन्तिम संस्कारमा पुगेका कलाकार, रंगपत्रकार तथा उपस्थित सर्वसाधारणको समेत आँखा रसाएका थिए । पत्नीको पार्थिव शरीरतिर हेर्दै भक्कानिएका श्रेष्ठलाई सहकर्मी कलाकार हरिवंश आचार्यले सम्हाल्दै चिताको परिक्रमा गराए ।

लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा अन्तिम श्वास फेरेकी हुन् । श्रेष्ठकी पत्नी ६७ वर्षकी थिइन् । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित थिइन् ।

मृत्युको समाचारसँगै यसोदाको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने सार्वजनिक भएपछि यसोदालाई अन्तिम श्रद्धान्जली दिन कलाकर्मी तथा रंगपत्रकार तथा सर्वसाधारण बिहान ९ बजेदेखि नै पशुपति पुगेका थिए । तर यशोदाको शव ११ बजेमात्र आर्यघाट पुर्याइएको थियो ।

यशोदालाई अन्तिम श्रद्धाञ्जली दिन हरिवंश आचार्य, किरण केसी, शिबहरी पौडेल, राजाराम पौडेल, बशुन्धरा भुषाल, दीपकराज गिरी, शलेन्द्र श्रृखडा लगायत नयाँ तथा पुराना कलाकारदेखि गायक गायिकासम्म पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...