हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको निधन



वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार राति ११ बजे निधन भएको परिवारका स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

यशोदा क्यान्सर रोगबाट पीडित थिइन् । पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएको थियो ।यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हो ।यशोदाको मंगलबार (आज) बिहान नौ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनका एक छोरा, एक छोरी छन् । अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उनको जन्म भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ०३ : ५३  बजे

प्रतिक्रिया दिनुहोस
वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइयो, पदाधिकारी १५ मात्र हुने

    नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने भएको छ । बिहीबार

विद्या भण्डारी राजनीतिमा आउनुहुन्न : अध्यक्ष ओली

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा