जुवा खाल बाट ७ महिला सहित १७ जनालाई लाखौ सहित प्रहरी यसरी समात्यो,यी हुन् जुवाडे महिला



कुलेश्वर हाईटस्थित अजयकुमार शाहको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा १७ जनालाई रु.१,७६,५१०/- सहित प्रहरीले नियन्त्रणमा लिएका छन् ।

पक्राउ पर्नेमा ७ महिला र १० पुरुष रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तो छ विवरण :

मिति २०७४।१२।१८ गते १७:४५ बजे का.जि. का.म.न.पा-१४ कुलेश्वर हाईट स्थित अजय कुमार शाहको घरमा जुवा-तास खेलाईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत कालिमाटीबाट प्र.नि.को कमाण्माडमा ७ जनाको टोली खटी गई तास खेलिरहेको अवस्थामा निम्न व्यक्तिहरू तथा जुवाको खालबाट ७ बुक तास र नगद रु.१,७६,५१०/-, (एक लाख छयहत्तर हजार पाँच सय दश) सहित १० जना पुरुष, ७ जना महिला सहित १७ जनालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत कालिमाटीबाट थप अनुसन्धान भईरहेको ।

पक्राउ परेका मानिसहरू:
१) जि.काभ्रे बनेपा ४ घर भई बस्ने वर्ष ३८ को सुर्यनारायण श्रेष्ठ ।
२) ऐ.धुनिवेसी न.पा.-९ घर भई हाल का.जि. लगनटोल बस्ने वर्ष ४१ को प्रकाश तामाङ्ग ।
३) जि.झापा, सनमति ८ बेलडाँगी घर भई हाल का.जि. बल्खु बस्ने वर्ष ३९ को नवराज सुवेदी ।
४) जि.दोलखा जिरी नपा ७ घर भई हाल का.जि. जडिबुटी बस्ने वर्ष ३७ को सोनम शेपा ।
५) जि.काभ्रे, लुम्लु गा.पा.१० घर भई हाल का.जि. लगनटोल बस्ने वर्ष ४० को धनदाश तामाङ्ग ।
६) जि.रामेछाप, दोरम्बा घर भई हाल का.जि. जडिबुटी बस्ने वर्ष २९ को कर्मा लामा ।
७) जि.काभ्रे, माझीफेदी गा.पा.८ घर भई हाल का.जि. जडिबुटी बस्ने वर्ष २९ को समिर तामाङ्ग ।
८) जि.दोलखा, भि.न.पा.७ घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने वर्ष ३४ को माधव कुमार कार्की ।
९) जि. मकवानपुर, थाखेल-२ घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष ३५ को बुद्ध बहादुर बल ।
१०) जि. दोलखा, तामाकोशी गा.पा.६ घर भई हाल का.जि. कोटेश्वर बस्ने वर्ष ३२ को विदुर फुयाल ।
११) जि.मकवानपुर, हेटौडा घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष ३२ कि बबिता पुडाशैनी ।
१२) जि.धनकुटा, भुडेवास २ घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष ३६ की कविता तामाङ्ग ।
१३) जि.नुवाकोट, त्रिशुली घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष ४५ कि मिरा गुरुङ्ग ।
१४) जि.सिन्धुपाल्चोक, पाखरा ६ घर भई हाल का.जि. बल्खु बस्ने वर्ष ५० कि लक्ष्मि गुरुङ्ग ।
१५) जि.रामेछाप, भालुखोप-९ घर भई हाल का.जि. बाफल बस्ने वर्ष ३४ कि रिना तामाङ्ग ।
१६) जि.सिराहा, बन्दिपुर-४ घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष २६ कि सलिना गौतम ।
१७) जि.सुनसरी, भेटेकुल न.पा.-१७ घर भई हाल का.जि. स्वयम्भु बस्ने वर्ष ३३ कि ममता लिम्बु ।

प्रतिक्रिया दिनुहोस
प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु

नेपाल बीमा प्राधिकरण अध्यक्षको लागि दर्खास्त आह्वान

    नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस

रविलाई काठमाडौं प्रहरीमा जिम्मा लगाउने तयारी

     अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व