बलात्कारीको लिङ्ग छेदन देखी मृत्युदण्ड दिनु पर्ने सम्मको माग राख्दै यसरी कुर्लिए महिला सांसद



हाम्रो इकोनोमि

महिला हिंसाविरुद्ध महिला सांसदहरुले संसदमा विशेष प्रस्ताव दर्ता गराएका छन्। संयुक्त महिला संघर्ष समितिले महिला हिंसा विरुद्ध संसदमा रहेका विभिन्न दल आवद्ध महिला सांसदहरुको हस्ताक्षरसहित संसद सचिवालयमा विशेष प्रस्ताव दर्ता गराएका हुन्।

अन्तर पार्टी महिला सञ्जाल तथा विभिन्न राजनीतिक दल आवद्ध महिला संगठनहरुको संयुक्त संघर्ष समितिले महिला हिंसा विरुद्ध आवाज उठाउदै संसदमा विशेष प्रस्ताव दर्ता गराएको सांसद तथा अन्तर पार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष शशी श्रेष्ठले जानकारी दिइन्।

समितिले सोमबार पत्रकार सम्मेलन गरी महिला हिंसाका घटना बढ्दै गएको भन्दै महिला हिंसाविरुद्ध मृत्युदण्ड सम्मको सजायको व्यवस्था गर्न समेत माग गरेको छ। ‘विभिन्न देशमा महिला हिंसा नियन्त्रणका लागि पीडकलाई फाँसीसम्मको सजायको व्यवस्था छ,’ अन्तर पार्टी महिला सञ्जालकी महासचिव यशोधा सुवेदीले भनिन्, ‘नेपालमा पनि यो आवाज उठेको छ, हामीले आवाज उठाउँदा नेपाल रोम विधानको पक्ष राष्ट्र भनेर टार्ने गरिन्छ। आवश्यक परे रोम विधानबाट पछि हटेर समेत बलात्कार जस्ता गम्भीर अपराधका मृत्यु दण्डको व्यवस्था गर्नुपर्छ।’
पत्रकार सम्मेलनमा बोल्दै सांसद तथा पूर्वमन्त्री राधा ज्ञवालीले संविधान तथा विद्यमान कानुन संशोधन गर्दै पीडकलाई कडा सजायको व्यवस्था गर्न माग गरिन्।

संघर्ष समितिले महिला हिंसाविरुद्ध आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र समेत बुझाएको थियो। त्यस्तै ७५ जिल्लामा अन्तर पार्टी महिला सञ्जालले महिला हिंसाविरुद्ध जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो।

सात राजनीतिक दल सम्वद्ध महिला संगठन तथा अन्तर पार्टी महिला सञ्जालले घटनाको गम्भीरतालाई अध्ययन गरी दोषीलाई कडा कारवाहीको माग गरेको छ। ‘घटनाहरुको गम्भीरतापूर्वक छानविन गरी सत्य तथ्यका आधारमा सम्पूर्ण अपराधिलाई कडा भन्दा कडा सजाय दिइयो,’ संघर्ष समितिले पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनाहरु पुनः दोहोरिन नदिन गम्भिरतापूर्वक कदम चालियोस। हामी सरकारसँग जोडदार माग गर्दछौँ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...