ओली सरकारका मन्त्रीले बाँझो जग्गा यसरी जोत्न थाले,अब बाँझो जग्गा राख्नेलाई सरकारले भाटा हान्ने



हाम्रो इकोनोमि

कानुन मन्त्री शेरबहादुर तामाङले सरकारद्धारा उपलब्ध आफ्नो निवासको बाँझो जग्गा जोतेर मुलुकभर जग्गा बाँजो हुन नदिने अभियानको थालनी गरेका छन्।

आफ्नो जग्गा बाँझो छोडेर खाडी मुलुकमा मजदुरीका लागि जाने युवालाई रोक्न र स्वदेशी उत्पादन बढाउनु पर्ने सन्देश दिनका लागि मन्त्री तामाङले लिलतपुर पुलचोकस्थित आफ्नो मन्त्री निवासमा रहेको बाँझो जग्गामा सोमबार मेसिनले जोतेका हुन। बाँझो जग्गा जोत्न मन्त्री तामाङकी पत्नी एवं प्रदेशसभा सदस्य उसाकला राईले समेत सघाएकी थिइन्। मन्त्री तामाङले राम्रो कामको थालनी आफैबाट हुनु भन्दै जोत्न सुरु गरेका थिए र उनलाई प्राविधिकले बेलाबेलामा सघाए।

‘हामीले मुलुकभरको जग्गा बाँजो हुनु हुन्न भन्ने अभियान थालनी गर्दै छौं । त्यो अभियानमा मेरो पनि साझेदारी रहोस भनेर आफ्नै क्वाटरमा रहेकोबाँझो जग्गामा तरकारी फलाउने मन लाग्यो’, मन्त्री तामाङले जोतेपछि पसीना निकाल्दै भने।

केही दिन अघि प्रधानमन्त्री केपी ओलीले आधुनिक कृषी प्रणाली अपनाएर उत्पादन बढाउनु पर्ने भन्दै सरोकारवाला निकायलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको उक्त निर्देशनलाई आफूले पनि अनुसरण गरेको मन्त्री तामाङले बताए।

‘यसरी दिनभरी जोत्ने हो भने त पाँच हल गोरुले जोत्ने जति सकिदो रहेछ,’ मन्त्री तामाङले आफ्नो बाँझो सबै जग्गा जोतेपछि भने ।

मन्त्री तामाङ सहित त्यहाँ रहेका अन्य मन्त्री क्वाटरलाई हुने गरी बि.टि.एल कम्पनीले जोतखन गर्ने मेसिन प्रदान गरेको छ।

‘नेपालमा एक अरव भन्दा बढी खाद्यन्न आयात गरिन्छ। तर यहाँ भएको जग्गा बाँझो छोडिन्छ । त्यसले राष्ट्र डुबिरहेको छ,’ मन्त्री तामाङले थपे,’ अब परम्परागत कृषी प्रणालीबाट आधुनिकतार्फ हामी जानु पर्छ र मुलुकलाई बचाउनु पर्छ।’मन्त्री तामाङ सोही विषयमा सोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...