गृहमन्त्रीका भाइ र उपराष्ट्रपतिका छोरा बालुवा तस्करीमा ! यसरी सोहोर्दैछन् पैसा



हाम्रो इकोनोमि

देशको गृहमन्त्रीका भाई र उपराष्ट्रपतिका छोरा राजधानीमै जबर्जस्ती प्राकृतिक स्रोतको दोहन गर्न राजनीतिक हैसियतको दुरुपयोग गर्छन् भने जनताले कसरी विधिको शासनको महसुुस गर्लान् ?

नागरिक दैनिकमा शिवहरि घिमिरे लेख्छन् — ललितपुरको गोदावरी नगरपालिका–८, डुकुछापमा प्राकृतिक बहावमा रहेको बागमती नदीको बाटो फर्काएर नदीको किनार कटान गरी उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले बालुवाको अवैध तस्करी गरिरहेका छन् । उनीहरूले सञ्चालन गरिरहेको ’साइनिङ बालुवा वासिङ सेन्टर’बाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्नेगरेको समाचार स्थानीलाई उद्धृत गर्दै नागरिकले लेखेको छ । पत्रिकाका अनुसार २० जनाभन्दा बढी कामदार र ‘टोले गुन्डा’ प्रयोग गरेर बागमती किनाराको सय रोपनीभन्दा बढी जग्गा कब्जा गरी टहरा निर्माण गरेर बालुवाको तस्करी गरिएको छ । कब्जा गरिएको जग्गामा बालुवा, गिट्टी र ढुंगा पनि भण्डारण गरिएको छ ।

उक्त अवैध बालुवा खानीको सञ्चालक वडा अध्यक्ष सुकबहादुर लामाका अनुसार उक्त खानीका मुख्य सञ्चालक दिनेश लामा हुन् तर गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको पनि त्यहाँ लगानी रहेको छ । लगनखेलको बस स्टपबाट सात किलोमिटरको दूरीमा रहेको सो बालुवा खानी नजिक दनुवार बस्ती रहेको छ । राजधानीबाट यति नजिकको स्थानमा समेत सो क्षेत्रमा अवैध कब्जा हुनसकेको भयावह अवस्था रिपोर्टरको डायरीबाट प्रस्ट हुन्छ ।

नागरिकका रिपोर्टर शिवहरि घिमिरेले लेखेको डायरीबाट कसरी सत्तामा बसेकाहरूले देशका स्रोतमा कब्जा जमाएका छन् भन्ने प्रस्ट हुन्छ । भैँसेपाटीबाट खोकना र बुङ्गमतीमा बाग्मती नदीको किनारा यी तस्करहरूले कब्जा गरेको देखिन्छ । अझ दिउँसै पत्रकारलाई जान र फोटो खिच्नसमेत रोक लगाउन सक्ने र कतिपय अवस्थामा प्रहरीले समेत सुरक्षा दिन नसक्ने अवस्था रहेकोले यस्तो समाचार आउन नसकेको घिमिरेको डायरीबाट स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...