जेलका कैदी कसरी डिस्को पुगे? तरुनी संग कसरी मोज गर्न पुगे भन्दै गृहमन्त्रीले यसरी झपारे प्रहरीलाई



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कारागारबाट केही कैदीलाई राति ठमेलको दोहोरी साँझ र डिस्कोमा लैजाने गरेको रिपोर्ट आएको भन्दै कारागार व्यवस्थापन विभागलाई छानबिन गर्न निर्देशन दिएका छन् ।

कारागार व्यवस्थापन विभागको निरीक्षणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने, ‘दोहोरी साँझमा लानेदेखि विभिन्न ठाउँमा घुमाउन लैजाने गरेको युवती भेटाउने रिपोर्ट आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानविन गरी कारवाहीको दायरामा ल्याउनुहोस् ।’

उनले जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकीदार, नाइके, भाइ नाइकेहरुले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो पनि सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई पनि तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिएका छन् ।

उनले कारागार सुधारमा उपलब्धि र परिणाममुखी काम गरेर कारागारभित्रका विकृति र विसंगति हटाउनु पर्नेमा जोड दिए ।

कारागारलाई यातना गृहको रुपमा नभई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘अपराधी कारागारमा आएपछि असल नागरिकको रुपमा रुपान्तरण भएर जाउन् भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।’

आफूले कारागार सुधारलाई प्राथमिकता दिएर काम गरेको भन्दै कैदीको सिदाबापतको रकम बढाउनेदेखि निर्माणाधीन कारागारहरुको निर्माण छिटो सम्पन्न गर्नेसम्मका कामलाई प्राथमिकतामा राखेका जानकारी दिए ।

विभागका निर्देशक कृष्णप्रसाद आचार्यले कारागार सुधारसम्बन्धी कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए । गत हप्ता विभिन्न कारागारको निरीक्षणलगत्तै गृहमन्त्री थापाले कारागार सुधार योजना एक हप्ताभित्र तयार पार्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...