काउन्सिलले अभिभावकको भूमिका निर्वाह गरेको छ कावा अध्यक्ष श्रेष्ठ



हाम्रो इकोनोमि
काठमाडौ । नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिलले समग्र पत्रकार र पत्रकारिता क्षेत्रको लागि अभिभावकको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । हालै राजधानीस्थित पत्रपत्रिका अधिकार मञ्चले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले काउन्सिल सरकारको लगानीमा चल्ने संस्था भएपनि सम्पूर्ण पत्रकार र पत्रकारिता क्षेत्रको हितमा अगाडि बढेको जनाऊ गर्नुहुँदै ‘प्रहरीले पक्राउ पुर्जी काटेको पत्रकारलाई संरक्षण गर्नका लागि पत्रकारलाई कारबाही गर्ने अधिकार काउन्सिलको हो भनेर प्रहरीबाट मुद्दा काउन्सिलले फिर्ता गरेका छौँ’ भन्नुभयो । यसैगरी कावा अध्यक्ष श्रेष्ठले फाइदा कमाउने उदेश्यले ५० औं वर्षपछि सञ्चालनमा आएका केही ठुला मिडियाहरुले सम्पूर्ण बजार कब्जा गरेको बताउँदै डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा समानुपातिक विज्ञापन प्रणाली लागु गर्न दिएको निर्देशनलाई समेत उनीहरुले नै अवरोध गर्दै आएको कारण स्वरोजगारमुखी पत्रकार र पत्रिकाहरु जीवन मरणको दोषाँधमा पुगेको छ भन्नुभयो । साथै उहाँले यस्ता खाले एकाधिकारलाई तोड्न काउन्सिल जोडदार रुपमा लागिरहेको बताउनभुयो । कार्यक्रममा कावा अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा पत्रकारहरुको झुठा समाचार र केही पत्रकारहरुको गलत नियतका कारण पत्रकारिता क्षेत्रकै बद्नाम भईरहेको बताउँदै त्यस्ता गलत र अस्पष्ट समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा कावा अध्यक्ष श्रेष्ठले एक गम्भीर कुराको उठान गर्दै भन्नुभयो तराईमा पत्रकारलाई छोरी नदिने स्थिति आएको छ, किनकी पत्रकार फटाहा हुन्छन्, व्ल्याकमेलिङ्ग गर्छन् र कमाई गर्न पनि सक्दैन भन्ने समाजमा एक खालको प्रभाव परिसकेको छ । पत्रकारिताकै विश्वसनियतामाथि प्रश्न उठेको भन्दै श्रेष्ठले अब काउन्सिलले पत्रकारिता क्षेत्रमा नयाँ आउन चाहने व्यक्तिहरुलाई काउन्सिलले आचारसंहितासम्बन्धी परीक्षा लिने र परीक्षामा पास भएको सर्टिपिकेट पाएपछि मात्र सञ्चारगृहहरुमा काम गर्न पाउने व्यवस्थाको सुरुवात गर्न लागेको जानकारी गराउनुभयो । त्यसैगरी सुचना विभागका महानिर्देशक विरबहादुर राईले मुलुकको समृद्धि र परिवर्तनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अब मुलुक संघीयतामा गइसकेकोले संघीय सरकारको समृद्धिमा पनि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै राज्यले पत्रकारिता सम्बन्धी नीति नियमहरुमा पनि केही फेरबदल गर्न लागेको जनाउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुक अब संघीयतामा गएका कारण संघीय संरचना अनुसार नीति निर्माण गर्दा पत्रकारिता क्षेत्रमा ठुलो हलचल आउने हुँदा सम्पूर्ण पत्रकारहरु सचेत हुनुपर्ने बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार सबैलाई कानुन बनाउन छुट भएको हुँदा सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति हित हुने नीति निर्माणका लागि सबैले आ आफ्नो ठाउँबाट दबाब दिनुपर्ने उहाँको धारणा थियो । यसैबीच कार्यक्रममा ३५ वर्षदेखि अनवरत रुपमा पत्रकारितामार्फत देशको सेवा गर्दै आउनुभएका गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक ÷प्रकाशक राजन कार्कीलाई रु.१० हजार १० रुपैँया नगदसहित सम्मानपत्रमार्फत सम्मान गरेको छ । मञ्चका अध्यक्ष देवेन्द्र चुडालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईं, नेपाल पत्रकार महासंघका उपत्यका संयोजक लेखनाथ न्यौपानेलगायतका व्यक्तित्वहरुले आ आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रममा दर्जनौं विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...