पक्राउ परेका अमेरिकन नागरिकद्वारा ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या



वीर अस्पतालको ट्रमा सेन्टरबाट हाम फालेर एक अमेरिकन नागरिकले आत्महत्या गरेका छन्। नेपालमा अवैध रुपमा बसेको आरोपमा पक्राउ परेका जोन पारमाकले आइतबार साँझ आत्महत्या गरेका हुन्।

अवैध रुपमा बस्दै आएको आरोपमा उनलाई एक साताअघि पर्यटन प्रहरीले पक्राउ गरेको थियो। अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरिरहेको थियो। अध्यागमन विभाग हिरासतमै उनले बिहिबार ब्लेडले घाँटी काँटेर आत्महत्या प्रयास गरेका थिए।   सो घटनापछि उपचारका लागि उनलाई वीर अस्पताल लगिएको थियो। प्रहरीलाई झुक्याएर उनी हाम फालेका हुन्।

ट्रमा सेन्टरको छैंटौं तल्लाबाट हाम फालेका जोनको मृत्यु भएको महानगरीइ प्रहरी प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए।

लागूऔषध दुव्र्यसनी जोनसँग पासपोर्ट र भिसा नभएको खुलेपछि पर्यटन प्रहरीले गत साता पक्राउ गरेको थियो।

वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकन नागरिकले आत्महत्या गरेका छन् । ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकन नागरिकले आइतबार आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र