पक्राउ परेका अमेरिकन नागरिकद्वारा ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या



हाम्रो इकोनोमि

वीर अस्पतालको ट्रमा सेन्टरबाट हाम फालेर एक अमेरिकन नागरिकले आत्महत्या गरेका छन्। नेपालमा अवैध रुपमा बसेको आरोपमा पक्राउ परेका जोन पारमाकले आइतबार साँझ आत्महत्या गरेका हुन्।

अवैध रुपमा बस्दै आएको आरोपमा उनलाई एक साताअघि पर्यटन प्रहरीले पक्राउ गरेको थियो। अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरिरहेको थियो। अध्यागमन विभाग हिरासतमै उनले बिहिबार ब्लेडले घाँटी काँटेर आत्महत्या प्रयास गरेका थिए।   सो घटनापछि उपचारका लागि उनलाई वीर अस्पताल लगिएको थियो। प्रहरीलाई झुक्याएर उनी हाम फालेका हुन्।

ट्रमा सेन्टरको छैंटौं तल्लाबाट हाम फालेका जोनको मृत्यु भएको महानगरीइ प्रहरी प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए।

लागूऔषध दुव्र्यसनी जोनसँग पासपोर्ट र भिसा नभएको खुलेपछि पर्यटन प्रहरीले गत साता पक्राउ गरेको थियो।

वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकन नागरिकले आत्महत्या गरेका छन् । ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकन नागरिकले आइतबार आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...