सरकारले गर्यो दशैँ बिदा समेत कटौती,२०७५ सालका यी हुन् सार्वजनिक बिदा (गृह मन्त्रालयको सूचनासहित)



हाम्रो इकोनोमि

२०७५ सालमा हुने बिदाहरु गृह मन्त्रालयले सार्वजनिक गरेको छ।
२०७५ सालमा यो वर्षभन्दा करिब एक महिना कार्यालयहरु बढी खुल्ने भएका छन्। सरकारले चाडपर्व तथा विभिन्न दिवसका बिदा कटौती गरी जातजाति विशेषले मनाउने चाडपर्वमा सम्बन्धित जातिलाई मात्र बिदा दिने निर्णयपछि सरकारी कार्यालय एक महिना धेरै खुल्नेछन्।

गत बुधबारको मन्त्रिपरिषद्‌ बैठकले बिदासम्बन्धी निर्णय गरेको थियो। गृह मन्त्रालयका अनुसार दशैंको बिदा ३ दिन कटौती भएको छ। आगामी वर्ष दशैंमा असोज ३० देखि कात्तिक ३ सम्म मात्र बिदा हुनेछ।

तिहारमा कात्तिक २१, २२ र २३ गते बिदा हुने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।

तीन वटा दिवसमा मात्र सबैलाई बिदा हुनेछ। बैशाख १८ गतेको विश्व मजदुर दिवस, असोज ३ गतेको संविधान दिवस र फाल्गुन २४ गतेको अन्तर्राष्ट्रिय महिला दिवसमा मात्र सबैलाई बिदा हुनेछ। जन्म जयन्ती अन्तर्गत बुद्ध जयन्ती ९बैशाख १७ गते० मात्र सबैलाई बिदा दिइएको छ।

‘आगामी वर्ष करिब एक महिना कार्यालय धेरै खुल्नेछ,’ गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल भन्छन्, ‘सम्बन्धित जातिले पाउने बिदाका लागि बैशाख महिनामै कर्मचारीले फारम भर्नुपर्ने हुन्छ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...