छोरा अनुराग खड्काले बाबुको पार्थिव शरिरलाई दागबत्ती दिदै, को को जाँदैछन पशुपति आर्यघाट



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको पार्थिव शरिर कांग्रेस मुख्यालयमा राखेको केहि समयमै अन्तिम दाहा संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ।

नेता खड्काको निधनप्रति पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै विभिन्न प्रस्ताव पारित गरेपछि केहि समय पार्टी मुख्यालय सानेपामा राखिएको थियो।

बेलायतमा अध्ययनरत छोरा अनुराग खड्काको बाबुको निधनको खबर पाएलगत्तै काठमाडौं आउनेक्रममा भएको ढिलाइका कारण खड्काको शव अपरान्ह ३ बजेतिरमात्रै विपी स्मृति भवन सानेपामा लगिएको थियो।

केहि समय सानेपामा राखिएको खड्काको पार्थिव शरिरमा त्यहाँ उपस्थित पार्टी नेता, कार्यकर्ताले श्रद्धाञ्जली दिएपछि उनको शव सजाइएको सरकारी नम्बर प्लेटको ट्रकमा राखि टेकु हुँदै पशुपति आर्यघाटमा दाहा संस्कारका लागि लगिएको छ।पशुपति आर्यघाटमा खड्काप्रति पार्टी सभापति शेरबहादुर देउवाले अन्तिम श्रृद्धाञ्जली सहित पार्टीको झण्डा ओडाएपछि उनको पार्थिव शरिरमा छोरा अनुरागले मुखाग्नी दिने छन्।

मृर्गौला, फोक्सो, कलेजो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो।उनको पार्थिव शरीर शनिबार राति १० बजे काठमाडौं ल्याइएको थियो। आइतबार दिउँसो १ बजेदेखि खड्काको शव पार्टी कार्यालयमा राख्ने भनिएपनि छोरा अनुराग ढिला आइपुगेका केही समय ढिला गरी मात्र शव पार्टी कार्यालय लगिएको छ।खड्काको साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत फागुन ४ गते एकाएक स्वस्थ्यमा समस्या देखिएपछि उपचारका लागि दिल्ली लगिएको थियो। तर, उपचारको क्रममा ६८ वर्षको उमेरमा खड्काको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...