छोरा अनुराग खड्काले बाबुको पार्थिव शरिरलाई दागबत्ती दिदै, को को जाँदैछन पशुपति आर्यघाट



नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको पार्थिव शरिर कांग्रेस मुख्यालयमा राखेको केहि समयमै अन्तिम दाहा संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ।

नेता खड्काको निधनप्रति पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै विभिन्न प्रस्ताव पारित गरेपछि केहि समय पार्टी मुख्यालय सानेपामा राखिएको थियो।

बेलायतमा अध्ययनरत छोरा अनुराग खड्काको बाबुको निधनको खबर पाएलगत्तै काठमाडौं आउनेक्रममा भएको ढिलाइका कारण खड्काको शव अपरान्ह ३ बजेतिरमात्रै विपी स्मृति भवन सानेपामा लगिएको थियो।

केहि समय सानेपामा राखिएको खड्काको पार्थिव शरिरमा त्यहाँ उपस्थित पार्टी नेता, कार्यकर्ताले श्रद्धाञ्जली दिएपछि उनको शव सजाइएको सरकारी नम्बर प्लेटको ट्रकमा राखि टेकु हुँदै पशुपति आर्यघाटमा दाहा संस्कारका लागि लगिएको छ।पशुपति आर्यघाटमा खड्काप्रति पार्टी सभापति शेरबहादुर देउवाले अन्तिम श्रृद्धाञ्जली सहित पार्टीको झण्डा ओडाएपछि उनको पार्थिव शरिरमा छोरा अनुरागले मुखाग्नी दिने छन्।

मृर्गौला, फोक्सो, कलेजो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो।उनको पार्थिव शरीर शनिबार राति १० बजे काठमाडौं ल्याइएको थियो। आइतबार दिउँसो १ बजेदेखि खड्काको शव पार्टी कार्यालयमा राख्ने भनिएपनि छोरा अनुराग ढिला आइपुगेका केही समय ढिला गरी मात्र शव पार्टी कार्यालय लगिएको छ।खड्काको साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत फागुन ४ गते एकाएक स्वस्थ्यमा समस्या देखिएपछि उपचारका लागि दिल्ली लगिएको थियो। तर, उपचारको क्रममा ६८ वर्षको उमेरमा खड्काको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र