विदेशमा रहेका छोरा अनुराग खड्का आईपुगे, बाबु खुमबहादुरको शवमाथि अँगालो हालेर रोए



हाम्रो इकोनोमि

विदेशमा रहेका छोरा अनुराग खड्का काठमाण्डौ आईपुगेका छन । बाबु खुमबहादुरको शवमाथि अँगालो हालेर रोए ।विदेशमा रहेका छोरा अनुराग खड्का काठमाडौँ आएपछि नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा लगिएको छ ।

मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको थियो ।

आइतबार दिउँसो १ बजेदेखि खड्काको शव पार्टी कार्यालयमा राख्ने भनिएपनि छोरा अनुराग ढिला आइपुगेका केही समय ढिला गरी मात्र शव पार्टी कार्यालय लगिएको छ ।

खड्काको साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत फागुनमा उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...