खुमबहादुर खड्काको शोक मनाउन आकस्मिक बैठकले गर्यो यस्ता निर्णय



हाम्रो इकोनोमि

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथां पूर्व मन्त्री खुमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव र निर्णय पारित गरेको छ ।

२ मिनेट मौन धारण गर्दै सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने तथा शोक-श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने गरेको छ ।

साथै बैठकले ७ (सात) दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । पार्टीले नेता खड्काको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ ।

खड्काको चैत्र १६ गते साँझ ५: १५ बजे नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

बी.पी. कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील नेता खड्काले बी.पी. कोइरालासँगै लामो समय भारतमा निर्वासित जीवन बिताएका थिए । नेता खड्का बी.पी. कोइरालासँगै राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तर्गत २०३३ पौष १६ गते स्वदेश फर्कएका थिए । आफ्नो आस्था र विश्वासका लागि जुनसुकै वलिदान गर्न तत्पर दिवंगत नेता खड्का गणेशमान सिंह, सुर्वण शम्शेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...