ओली सरकारले झट्का हान्नु पर्ने ठाउँ प्रचण्डले देखाईदिए,यस्तालाई गोर्खे लौरी हान्न ओली र प्रचण्ड राजी



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यका निकायहरूको रूपान्तरण गर्न विभिन्न निकायमा कठोर कदम चाल्ने संकेत दिएका छन् ।

संविधानको मर्म र भावनाअनुसार राज्यका सबै निकाय परिवर्तन हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अदालत, कर्मचारीतन्त्र, सुरक्षा निकायलगायत राज्यका सबै अंग रूपान्तरण गर्न जस्तो सुकै कदम चाल्न सक्ने बताएका हुन् । राज्यका निकायमा पुरानै सोच, ऐन, नियम चलेको भन्दै उनले त्यसलाइृ बदल्न आफुहरु लागेको बताए । संविधानको मर्म र भावनाअनुसार रूपान्तरण हुन नसक्नेहरुलाई राज्यले बिदा गर्नुपर्ने उनको भनाई छ ।

‘राणाका पालादेखि, राजामहाराजा र पञ्चायतकालका ऐन, नियम अहिले पनि छन्, एकथरी मान्छेको सोचाइ त्यस्तै छ, त्यसलाई बदल्नैपर्छ’ उनले भने, ‘हामी बदल्छौं, बदलिन नचाहनेलाई राज्यले बिदा गर्नुपर्छ ।’
संबिधानको पूर्ण कार्यान्वयनका लागि वाम गठबन्धनको सरकार प्रयत्नसिल रहेको भन्दै प्रचण्डले नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...