छोरो सम्झेर एका एक किन रोए प्रचण्ड



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार निकै भावुक बने । उनको अनुहार केहीबेरमै ओइलिएको फुल जस्तै बन्यो ।कार्यक्रम थियो, रिपोर्टर्स क्लवको बार्षिकोत्सव । प्रधानमन्त्री केपी शर्मा ओली भन्दा एक घण्टा अघि सभागृह पुगेका थिए, प्रचण्ड । ओली नआएसम्म प्रचण्ड र अन्य पाहुनाहरुलाई भुलाउन रिपोर्टर्स क्लवले चर्चित लोक गायक बद्री पंगनीलाई माइक दिए ।

बद्रीले आफ्नो पुरानै शैलीमा थोरै भाषण गर्दै गीत गाउन थाले । सुरुमा बद्रीले प्रचण्डलाई मुख्ख पारे । देश बनाउन जनतासँग गरेको बाचा-कसम सम्झाए । त्यतिबेलासम्म त प्रचण्डको मुहार हँसिलो नै थियो । जब बद्रीले दिवंगत छोरा प्रकाशलाई सम्झाए, तब प्रचण्ड एकाएक भावुक भए । बद्रीले गीतमार्फत यसरी सम्झेका थिए प्रकाशतलाई:

प्रचण्ड तिमी रुँदै नरुनु, कदापी बिचलित हुँदै नहुनु
एउटा प्रकाशले छाडेर गए, हजारौँ प्रकाश तिम्रो साथमा छ
प्रचण्ड तिमीले भुल्दै नभुल्नु लाखौंको भविष्य तिम्रै हातमा छ

प्रचण्डको अनुहार केहीबेरमै ओइलियो । उनले झण्डै आँशु झारे । जेनतेन आफूलाई सम्हाले । आँखाबाट आँसु चुहिएला जस्तै भयो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...