छोरो सम्झेर एका एक किन रोए प्रचण्ड



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार निकै भावुक बने । उनको अनुहार केहीबेरमै ओइलिएको फुल जस्तै बन्यो ।कार्यक्रम थियो, रिपोर्टर्स क्लवको बार्षिकोत्सव । प्रधानमन्त्री केपी शर्मा ओली भन्दा एक घण्टा अघि सभागृह पुगेका थिए, प्रचण्ड । ओली नआएसम्म प्रचण्ड र अन्य पाहुनाहरुलाई भुलाउन रिपोर्टर्स क्लवले चर्चित लोक गायक बद्री पंगनीलाई माइक दिए ।

बद्रीले आफ्नो पुरानै शैलीमा थोरै भाषण गर्दै गीत गाउन थाले । सुरुमा बद्रीले प्रचण्डलाई मुख्ख पारे । देश बनाउन जनतासँग गरेको बाचा-कसम सम्झाए । त्यतिबेलासम्म त प्रचण्डको मुहार हँसिलो नै थियो । जब बद्रीले दिवंगत छोरा प्रकाशलाई सम्झाए, तब प्रचण्ड एकाएक भावुक भए । बद्रीले गीतमार्फत यसरी सम्झेका थिए प्रकाशतलाई:

प्रचण्ड तिमी रुँदै नरुनु, कदापी बिचलित हुँदै नहुनु
एउटा प्रकाशले छाडेर गए, हजारौँ प्रकाश तिम्रो साथमा छ
प्रचण्ड तिमीले भुल्दै नभुल्नु लाखौंको भविष्य तिम्रै हातमा छ

प्रचण्डको अनुहार केहीबेरमै ओइलियो । उनले झण्डै आँशु झारे । जेनतेन आफूलाई सम्हाले । आँखाबाट आँसु चुहिएला जस्तै भयो ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...