टोले गुन्डा टोल टोलमा,गुण्डा नाइँके जति सबै कोचिए जेलमा,यी गुण्डालाई बजाउदैछ अब प्रहरीले ‘बेल’



हाम्रो इकोनोमि

राजधानीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका अधिकांश गुन्डानाइके यति बेला प्रहरी खोरमा छन्। कोही ज्यान मार्ने उद्योग त कोही हातहतियार खरखजना मुद्धामा अनुसन्धानको दायरमा छन्।

आफ्ना समूहका नाइकेलाई प्रहरीले नियन्त्रणमा लिएपछि टोले गुन्डा सक्रिय हुन थालेका छन्। उनीहरूले त्रास फैलाएर फिरौती असुली तथा ठेक्कापट्टादेखि आपराधिक गतिविधि गर्दै आएका छन्।

गत बिहीबार मात्र प्रहरीले टोले गुन्डा आशीष गुरुङ पक्राउ गर्‍यो। गुन्डा नाइके चक्रे मिलनका सहयोगीका रूपमा रहेका गुरुङले महाराजगञ्ज क्षेत्रमा डर त्रास देखाएर पैसा असुली गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापा बताउँछन्।

दुई साताअघि कोटेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने टोले गुन्डा पक्राउ परे। ललितपुर महालक्ष्मीस्थान बस्ने ३० वर्षीय सुरज शाहलाई प्रहरीले पक्राउ गरेको हो। शाहले कोटेश्वरको नरेफाँट ३२ बस्ने भीष्मप्रताप भण्डारीसँग १५ लाख रुपैयाँ मागेको र नदिए हत्या गर्ने धम्की दिएका थिए।

राजनीतिक आवरणमा गुन्डागर्दी गर्दै आएका काभ्रेली समूहका गुन्डा नाइके गणेश लामा दुई सातादेखि प्रहरी हिरासतमा छन्। काठमाडौँको गौशलाबाट प्रहरीले लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो। प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट हातहतियार खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

अर्का गुन्डा नाइके समीरमान बस्नेत पनि नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका छन्। निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समीरमान सिंह बस्नेतलाई गत मङ्सिरमा प्रहरीले पक्राउ गरेको हो।

गुन्डा नाइकेबाट राजनीतिक छवि बनाएरका दीपक मनाङेलाई प्रहरीले खोजी सूचीमा राखेको छ। नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएको फेला परेपछि प्रदेशसभा सदस्यमा निर्वाचित मनाङे फरार छन्। उनले शपथ पनि लिएका छैनन्। उनलाई कर्तव्य ज्यान मुद्दामा २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो।

गुन्डा नाइके चक्रे मिलन, बाघे लामा, राजु गोर्खाली लगायतका बाहिरै रहे पनि प्रहरीको निगरानीमा नै छन्। उनीहरूले अहिलेसम्म कुनै पनि आपराधिक गतिविधि गरेको उजुरी भने परेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेल सबै गुन्डाहरूको गतिविधिलाई प्रहरीले हेरिरहेको बताउँछन्। एसएसपी पोखरेल भन्छन् ‘उजुरी परेका र आपराधिक गतिविधि गरेका टोले गुन्डाहरूलाई नियन्त्रणमा लिएका छौँ।’

राजधानीका नयाँ बस्तीहरूमा टोले गुन्डा सक्रिय हुने गरेको एक प्रहरी अधिकृतले बताउँछन्।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...