सिन्डिकेटका सरदारको घुंडा खुस्काउन ओलीले दिए उर्दी,नयाँ बस चले पछी थोत्राले पारे यातायात ठप्प



हाम्रो इकोनोमि

सिन्डिकेटको पक्षमा काभ्रेका पुराना बस समितिहरुले आइतबारदेखि बस सेवा रोकेका छन्। बनेपासम्म मयुर यातायातलाई रुट इजाजत दिएको विरोधमा उनीहरुले सेवा रोकेका हुन्।

मयुर यातायातले सुविधासम्पन्न बसहरु सञ्चालन गरेसँगै व्यापार व्यापार उनीहरुले आन्दोलन सुरु गरेका हुन्। आइतबार काभ्रेका ग्रामिण क्षेत्रमा बसहरु सञ्चालन भएका छैनन्। मयुर यातायातको इजाजत खारेज गर्नुपर्न उनीहरुको प्रमुख माग छ। उनीहरुको आन्दोलनका कारण हजारौं सर्वसाधरण मर्कामा परेका छन्।

मयुर यातायातले चैत १ गतेदेखि बनेपासम्म २० वटा सुविधासम्पन्न बस सञ्चालन गर्दै आएको छ। उसले थप ८० वटा बस थप्ने तयारी गरेपछि पुराना व्यवसायी आत्तिएर आन्दोलनमा उत्रिएका हुन्।

सिन्डिकेटको जोगाउन माग गर्दै सेवा नै रोकेकोमा सरकारले कारबाहीको तयारी गरेको छ। ‘मयुर यातायातको विरोधमा ११ वटा पुराना यातायात समितिहरुले बस सेवा रोकेका छन्’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडा भन्छन्,‘आज एक दिन हेरौं, एक पटक छलफलमा बोलाउँछौं, त्यसपछि पनि सेवा सुचारु भएन भने कानुन अनुसार अघि बढ्छौं।’

यातायात क्षेत्र अत्याबश्यक सेवामा पर्दछ। अत्याबश्यक सेवा रोकेमा अत्याबश्यक सेवा ऐनअनुसार उनीहरुको इजाजत रद्द गरी तत्काल कारबाही गर्ने अधिकार सिडिओसँग हुन्छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सिन्डिकेटविरुद्ध कडा रुपमा कारबाही गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...