मध्यवर्ती क्षेत्रका समस्या बुझ्नन डाडागाऊमा रक्षामन्त्री



हाम्रो इकोनोमि

रक्षामन्त्री ईश्वर पोखरेल शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा रहेका जनताको समस्या बुझ्न डाँडागाउँ पुग्नुभएको छ ।
आफ््नो निर्वाचन क्षेत्र समेत रहेको काठमाडौंको सवैभन्दा उत्तरी धुव्रको गाउँमा पुगी रक्षामन्त्री पोखरेलले जनताका समस्या र गुनासा सुन्दैं समाधानका निम्ती पहलकदमी लिने बताउनुभएको हो ।
जंगली जनावरले कृषि उत्पादनलाई नष्ट गर्ने, विगार्नेकाम गरिरहेको भन्दैं डाँडागाँऊका स्थानीयले मन्त्री पोखरेलसँग गुनासो गरेका थिए ।
स्थानीय वालविकास स्कुलका प्राचार्य दोर्जे तामाङले निकुञ्ज क्षेत्र आसपासमा जंगली जनावरले खाद्य बाली नष्ट गरेको भन्दैं स्थानीय जनता मर्कामा परेको बताउनुभयो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष स्थानीय दावा लामाले जंगली जनावरबाट खाद्यबालीमा हुने क्षतिबाट जोगाउने काममा स्थायी समाधान नखोजी सरकारले राहत बाँड््ने काममात्रै गरेको भन्दै रोष प्रकट गर्नुभयो ।
‘शिवपूरीमा पर्खाल लगाएर हुन्छ वा कसरी हुन्छ, जंगली जनावरलाई निकुञ्ज क्षेत्र बाहिर निस्किन नदिने उपाय खोजिनुपर्छ, सरकारले कृषकलाई राहत मात्रै बाँड््ने कुरा गर्नुहुँदैंन’–स्थानीय लामाले मन्त्री पोखरेलसँग गुनासो गर्दै भन्नुभयो ।
स्थानीय आमा समूहका सदस्य हरिमाया तामाङले निकुञ्ज क्षेत्रमा महिला र बालबच्चालाई विहानै स्कुल कलेज जाँदा असुरक्षाको महसुस गरिरहेको गुनासो गर्नुभयो । सुत्केरी र वालवच्चा विरामी पर्दा उपचार मध्यवर्ती क्षेत्रमा यातायातको समस्या हुने भन्दै आमा समूहका सदस्यहरुले निकुञ्जको सुुरक्षामा रहेको नेपाली सेनालाई एम्वुलेन्स र प्राथमिक उपचारको व्यवस्था गर्न आग्रह गरे ।
स्थानीय जनप्रतिनिधि बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, वडा अध्यक्ष विजय तामाङलगायतले निकुञ्जको उपयोग, अधिकार क्षेत्र तथा सम्वृद्धिका निम्ती अपनाउनुपर्ने उपायको सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।
मन्त्री पोखरेलले जनता र स्थानीय जनप्रतिनिधीका गुनासा र सुझाव सुनेपछि त्यससँग सम्वन्धित निकुञ्ज र नेपाली सेनाका प्रतिनिधिहरुबाट समस्या समाधानका निम्ती राय÷सुझाव लिनुभएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले मध्यवर्तीक्षेत्रका स्थानीय जनतालाई उचित क्षतिपूर्तिको व्यवस्था गत वर्षदेखि दिन थालिएको बताउनुभयो । उहाँले अब छिट्टै निकुञ्जको १२९ किलोमिटरमा रहेको पर्खाललाई व्यवस्थित गरी जंगली जनावर जनताको खेतबारी जान नसक्ने स्थिती बनाउन लागिएको बताउनुभयो ।
त्यस्तै नेपाली सेनाले डाँडागाउँ जानलाई नेपाली सेनाको स्टाफ कलेजको प्रांगणबाट जानुपर्ने हुँदा त्यस्ले सुरक्षा चुनौती थपिएको र त्यसले स्थानीयवासीलाई हिंडडुल गर्न गाह्रो भएकाले बैकल्पिक मार्गको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...