पूर्व गृहमन्त्री कांग्रेस नेता खुम बहादुर खड्काको निधन



हाम्रो इकोनोमि

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ।

पूर्वगृहमन्त्री खड्काको भारत दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा ट्विट गर्दै  नेता खड्काको निधन भएको जानकारी गराएका हुन्।

‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु!!’ शर्माको ट्विटमा उल्लेख छ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। अघिल्लो महिना उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो। केही समय थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका खड्कालाई थप उपचारका लागि फागुन ६ गते नयाँदिल्ली लगिएको थियो।

खड्का २०४८, ०५१ र ०५६ मा तीन पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए। पूर्व गृहमन्त्रीसमेत रहेका खड्का २०४८ देखि २०५८ सालसम्म ८ पटक मन्त्री भएका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...