पूर्व गृहमन्त्री कांग्रेस नेता खुम बहादुर खड्काको निधन



पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ।

पूर्वगृहमन्त्री खड्काको भारत दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा ट्विट गर्दै  नेता खड्काको निधन भएको जानकारी गराएका हुन्।

‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु!!’ शर्माको ट्विटमा उल्लेख छ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। अघिल्लो महिना उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो। केही समय थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका खड्कालाई थप उपचारका लागि फागुन ६ गते नयाँदिल्ली लगिएको थियो।

खड्का २०४८, ०५१ र ०५६ मा तीन पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए। पूर्व गृहमन्त्रीसमेत रहेका खड्का २०४८ देखि २०५८ सालसम्म ८ पटक मन्त्री भएका थिए।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र