हत्या आरोपी पूर्व मन्त्री सञ्जय साहमाथि अवैध सम्पत्ति आर्जन मुद्दा,यसरी सम्पती लुकाएको पोल खुल्यो



जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या अभियोगमा थुनामा रहेका पूर्वमन्त्री सञ्जयकुमार साह टक्लाविरुद्ध अवैध सम्पत्ति लुकाएको भन्दै मुद्दा दायर भएको छ। उनले आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विशेष अदालतमै ३२ करोडको भ्रष्टाचार मुद्दामा धरौटी बुझाएका साहविरुद्ध दुई महिनापछि सोही बराबरको रकम सम्पत्ति शुद्धीकरण कानुनविपरीत आर्जन गरेको अभियोग लगाइएको छ। करिब २ वर्ष लगाएर अनुसन्धान गरेको विभागको आरोपपत्रमा साहले अपहरण, फिरौती, जबरजस्ती असुली र अन्य अवैधानिक बाटोबाट सम्पत्ति आर्जन गरेको र त्यसलाई आफन्त तथा साथीभाइको नाममा लुकाएर राखेको भनिएको नेपाल लाइभले उल्लेख गरेको छ।

विभागको आरोपपत्रमा साहले आफूसहित पत्नी रंगिलादेवी, बाबु साधु साह सुडी, आमा दुलारीदेवी, बहिनी बबिता पञ्जियार तथा साथीहरू निलम सिंह, मनोजकुमार सिंह र ओमप्रकाश यादवका नाममा गैरकानुनी सम्पत्ति राखेको जनाइएको छ।

आरोपत्रपमा २ अभियुक्त थुनामा रहेको र अन्य १२ फरार रहेको उल्लेख छ।

विभागले सम्पत्ति लुकाएको अभियोगमा अन्य केही आफन्तको पनि सम्पत्ति छानबिन गरेको थियो। विभागले बहिनीहरू अनिताकुमारी र देवन्तीकुमारी साह, मुन्निकुमारी महतो, बबिताकुमारी पञ्जियार, ससुरा लक्ष्मण साह, मामा विक्रम पञ्जियार, मामाका छोरा सुजित पञ्जियार, अजित पञ्जियार, नरेशकुमार यादव, दीपेन्द्र ठाकुर, निभाकुमारी ठाकुर, नवीनकुमार यादव, रामविनोद यादव, गुलाबदेवी महतो धिरज महतो र राजकुमार पूर्वेमाथि पनि अनुसन्धान गरेको थियो। तर उनीहरुको नाममा अवैध आर्जन सम्पत्ति नभेटिएको भन्दै विभागले उन्मुक्ति दिइसकेको छ।

२०६९ बैसाख १८ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएको बम विस्फोट र २०६६ फागुन १७ मा भएको सञ्चार उद्यमी सिंघानिया हत्यामा साह मुख्य योजनाकार भएको आरोप छ।

सम्पती शुद्धिकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)का प्रहरीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरेको थियो। करिब तीन वर्षमा अनुसन्धान पुरा भएको हो। सुक्ष्म रुपमा आफुहरुले अनुसन्धान गरी प्रतिवेदन विभागमा बुझाइएको सिआईबीका निर्देशक डिआईजी पुष्कर कार्की बताउँछन्।

कसको नाममा कति रकम दाबी?
नाम बिगो
सञ्जय साह टक्ला ३२ करोड ४ लाख ५० हजार
रमिलाकुमारी साह ७ करोड ६६ लाख
साधु साह सुडी ९ करोड ५६ लाख
दुलारीदेवी साह सुडी ३ करोड ५१ लाख
मनोजकुमार सिंह १ करोड २७ लाख
रामकुमार साह ७५ लाख १६ हजार
नीलम सिंह ६ लाख १ हजार
ओमप्रकाश यादव १० लाख ५८ हजार
राममिलन राउत कुर्मी ३१ लाख
सुजितकुमार पाण्डे ४३ लाख ३० हजार
बबिता पञ्जियार ४८ लाख ३५ हजार
चैतन्यराज साह र प्रेमराज साह – ललितपुरमा २ कित्ता जमिन र घर

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र