हत्या आरोपी पूर्व मन्त्री सञ्जय साहमाथि अवैध सम्पत्ति आर्जन मुद्दा,यसरी सम्पती लुकाएको पोल खुल्यो



हाम्रो इकोनोमि

जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या अभियोगमा थुनामा रहेका पूर्वमन्त्री सञ्जयकुमार साह टक्लाविरुद्ध अवैध सम्पत्ति लुकाएको भन्दै मुद्दा दायर भएको छ। उनले आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विशेष अदालतमै ३२ करोडको भ्रष्टाचार मुद्दामा धरौटी बुझाएका साहविरुद्ध दुई महिनापछि सोही बराबरको रकम सम्पत्ति शुद्धीकरण कानुनविपरीत आर्जन गरेको अभियोग लगाइएको छ। करिब २ वर्ष लगाएर अनुसन्धान गरेको विभागको आरोपपत्रमा साहले अपहरण, फिरौती, जबरजस्ती असुली र अन्य अवैधानिक बाटोबाट सम्पत्ति आर्जन गरेको र त्यसलाई आफन्त तथा साथीभाइको नाममा लुकाएर राखेको भनिएको नेपाल लाइभले उल्लेख गरेको छ।

विभागको आरोपपत्रमा साहले आफूसहित पत्नी रंगिलादेवी, बाबु साधु साह सुडी, आमा दुलारीदेवी, बहिनी बबिता पञ्जियार तथा साथीहरू निलम सिंह, मनोजकुमार सिंह र ओमप्रकाश यादवका नाममा गैरकानुनी सम्पत्ति राखेको जनाइएको छ।

आरोपत्रपमा २ अभियुक्त थुनामा रहेको र अन्य १२ फरार रहेको उल्लेख छ।

विभागले सम्पत्ति लुकाएको अभियोगमा अन्य केही आफन्तको पनि सम्पत्ति छानबिन गरेको थियो। विभागले बहिनीहरू अनिताकुमारी र देवन्तीकुमारी साह, मुन्निकुमारी महतो, बबिताकुमारी पञ्जियार, ससुरा लक्ष्मण साह, मामा विक्रम पञ्जियार, मामाका छोरा सुजित पञ्जियार, अजित पञ्जियार, नरेशकुमार यादव, दीपेन्द्र ठाकुर, निभाकुमारी ठाकुर, नवीनकुमार यादव, रामविनोद यादव, गुलाबदेवी महतो धिरज महतो र राजकुमार पूर्वेमाथि पनि अनुसन्धान गरेको थियो। तर उनीहरुको नाममा अवैध आर्जन सम्पत्ति नभेटिएको भन्दै विभागले उन्मुक्ति दिइसकेको छ।

२०६९ बैसाख १८ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएको बम विस्फोट र २०६६ फागुन १७ मा भएको सञ्चार उद्यमी सिंघानिया हत्यामा साह मुख्य योजनाकार भएको आरोप छ।

सम्पती शुद्धिकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)का प्रहरीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरेको थियो। करिब तीन वर्षमा अनुसन्धान पुरा भएको हो। सुक्ष्म रुपमा आफुहरुले अनुसन्धान गरी प्रतिवेदन विभागमा बुझाइएको सिआईबीका निर्देशक डिआईजी पुष्कर कार्की बताउँछन्।

कसको नाममा कति रकम दाबी?
नाम बिगो
सञ्जय साह टक्ला ३२ करोड ४ लाख ५० हजार
रमिलाकुमारी साह ७ करोड ६६ लाख
साधु साह सुडी ९ करोड ५६ लाख
दुलारीदेवी साह सुडी ३ करोड ५१ लाख
मनोजकुमार सिंह १ करोड २७ लाख
रामकुमार साह ७५ लाख १६ हजार
नीलम सिंह ६ लाख १ हजार
ओमप्रकाश यादव १० लाख ५८ हजार
राममिलन राउत कुर्मी ३१ लाख
सुजितकुमार पाण्डे ४३ लाख ३० हजार
बबिता पञ्जियार ४८ लाख ३५ हजार
चैतन्यराज साह र प्रेमराज साह – ललितपुरमा २ कित्ता जमिन र घर

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...