आफु अमेरिकन आर्मी भएको भन्दै फेसबुकबाट युवतीलाई फसाउने युवा जेल चलान



हाम्रो इकोनोमि

आफु अमेरिकन आर्मी भएको भन्दै फेसबुकबाट चिनजान गरी युवतीहरुलाई फसाउने सिन्धुपाल्चोकका सुलभ पण्डित क्षेत्री जेल चलान भएका छन्। मानव बेचबिखन र नागरिकतासम्बन्धि मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई शुक्रबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

युवतीहरुसँग फेसबुकमार्फत चिनजान गर्ने र नेपाल आउन लागेको भन्दै भेट्ने प्रस्ताव गर्थे। पहिलो भेटमा महंगो उपहार दिएर प्रभावीत पार्थे। त्यसपछि अमेरिका जाने प्रक्रियाका लागि पैसा लिएर उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ। सुरुमा नै महंगो उपहार दिएपछि युवतीहरु प्रभावीत हुने भएकाले उनले यस्तो तरिका अपनाएका थिए।

उनीमाथि पीडित १५ जना भन्दा धेरैले प्रहरीमा उजुरी गरेका थिए। उनको नागरिकता तीन वटा भेटिएका थिए। मनिष बस्नेत, नरेन्द्र पण्डित तथा सुलभ पण्डित क्षत्रीको नाममा नागरिकता बनाएका थिए।
ती नागरिकताको आधारमा उनले बैंक खाताहरु खोलेका थिए। बैंक खातामा पैसा हाल्न लगाएर उनले ठगी गरेका हुन्। अमेरिका लैजाने भन्दै भ्रममा पारेर उनले एक दर्जन युवतीलाई गर्लफ्रेन्ड बनाएका थिए।

केहीसँग त कोर्ट म्यारिज समेत गरेका थिए।

गत वर्ष पनि यस्तै ठगीमा पक्राउ परी उनी छुटेका थिए। उनीविरुद्ध सिआईबीले तीन वटा मुद्दा चलाएको थियो। ठगी मुद्दामा ३३ लाख रुपैयाँ धरौटीमा माग भएको र मानव बेचबिखन तथा नागरिकता मुद्दामा जेल चलानको आदेश भएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...