आफु जत्तिको सुन्दर अरु कोही नभएको भन्दै कृष्णको कथा सुनाएर कलाकारलाई यसरी हँसाए ओलीले



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसारभरमा नेपाली जत्तिको सुन्दर अरु कोही नभएको बताएका छन् । नेपाल चलचित्र कलाकार संघ ‘फान’ ले आयोजना गरेको दोस्रो ‘फान अवार्ड’ वितरण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
‘यो सुन्दरतामा अलिकति कला मिसाइदिएपछि जो पनि कायल हुनैपर्छ,’ भन्दै उनले कलाकारहरूलाई पनि आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए ।

हिन्दू धर्मशास्त्रहरूमा उल्लेख गरिएका मेनुका र उर्वशीको सुन्दरताको बयान गर्दै ओलीले दुनियाको अन्य कुनै शास्त्रमा यस्ता सुन्दर मान्छेहरूको व्याख्या नगरिएको बताए । सोही प्रसंगमा उनले राम र कृष्णको पनि नाम लिए ।

अवार्ड कार्यक्रम उद्घाटनमा बोलेका प्रधानमन्त्री ओलीले आफ्नो सरकारले कलाको विकास र प्रबर्द्धन गर्ने पनि बताए ।

‘कलाकारहरूले हामीलाई ऋण लगाउनु भएको छ, मेहेनत गरेर सिर्जना गरिएका संगीत र नृत्यहरू सुनेर हामी आनन्द मानिरहेका हुन्छौं, तर त्यसमा कति मेहेनत छ भन्ने हामीलाई थाहा हुँदैन,’ उनले यसो भनिरहँदा त्यहाँ उपस्थित कलाकारहरु मुसुमुसु हाँसिरहेका थिए ।

कार्यक्रममा कलाकार संघले उत्कृष्ट नायक, नायिका, निर्देशक, कथा, संवाद, नृत्यजस्ता विधामा अवार्ड वितरण गर्ने कार्यक्रम राखेको छ । यो वर्षको लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार नीर शाहलाई दिइने घोषणा यसअघि नै भइसकेको छ

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...