आफु जत्तिको सुन्दर अरु कोही नभएको भन्दै कृष्णको कथा सुनाएर कलाकारलाई यसरी हँसाए ओलीले



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसारभरमा नेपाली जत्तिको सुन्दर अरु कोही नभएको बताएका छन् । नेपाल चलचित्र कलाकार संघ ‘फान’ ले आयोजना गरेको दोस्रो ‘फान अवार्ड’ वितरण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
‘यो सुन्दरतामा अलिकति कला मिसाइदिएपछि जो पनि कायल हुनैपर्छ,’ भन्दै उनले कलाकारहरूलाई पनि आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए ।

हिन्दू धर्मशास्त्रहरूमा उल्लेख गरिएका मेनुका र उर्वशीको सुन्दरताको बयान गर्दै ओलीले दुनियाको अन्य कुनै शास्त्रमा यस्ता सुन्दर मान्छेहरूको व्याख्या नगरिएको बताए । सोही प्रसंगमा उनले राम र कृष्णको पनि नाम लिए ।

अवार्ड कार्यक्रम उद्घाटनमा बोलेका प्रधानमन्त्री ओलीले आफ्नो सरकारले कलाको विकास र प्रबर्द्धन गर्ने पनि बताए ।

‘कलाकारहरूले हामीलाई ऋण लगाउनु भएको छ, मेहेनत गरेर सिर्जना गरिएका संगीत र नृत्यहरू सुनेर हामी आनन्द मानिरहेका हुन्छौं, तर त्यसमा कति मेहेनत छ भन्ने हामीलाई थाहा हुँदैन,’ उनले यसो भनिरहँदा त्यहाँ उपस्थित कलाकारहरु मुसुमुसु हाँसिरहेका थिए ।

कार्यक्रममा कलाकार संघले उत्कृष्ट नायक, नायिका, निर्देशक, कथा, संवाद, नृत्यजस्ता विधामा अवार्ड वितरण गर्ने कार्यक्रम राखेको छ । यो वर्षको लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार नीर शाहलाई दिइने घोषणा यसअघि नै भइसकेको छ

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...