४० लाख भारतीय रुपैयाँ बराबरका गरगहना लुटेर फरार रहेका चोरलाई नेपाल प्रहरीले यसरी समात्यो



भारतको चेन्नईमा रहेको एउटा ख्यातीप्राप्त बैंकको लकरबाट ४० लाख भारतीय रुपैयाँ बराबरका गरगहना लुटेर फरार रहेका एक जना आरोपी नेपालमा पक्राउ परेका छन्।

चेन्नईको विरुगमबक्कम क्षेत्रमा रहेको इन्डियन ओभरसिज बैंकमा सोमबार भएको लुटपाटमा संलग्न सुरक्षा गार्ड सबिलाललाई नेपाल प्रहरीले पक्राउ गरेको हो। भारतीय सञ्चारमाध्य टाइम्स अफ इन्डियाका अनुसार सविलालले सूचना दिने लुटनमा सहयोग पु¥याउन काम गरेका थिए। चेन्नई प्रहरीले बैंकबाट लुटिएका गहना लिएर सबिलाल नेपाल छिरेको आशंकामा उनलाई पच्छयाई रहेको थियो।

उक्त बैंकमा कार्यरत रहेका सबिलाल उनका छोरा ढिल्लुलालसहित अन्य चार जनाले बैंकको दुई शाखाका लकर फोडेर सुन, हीरा र रुबी जडित गरगहना चोरेका थिए। चेन्नई प्रहरीले नेपाली दुई जना सुरक्षा गार्ड र एक जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ।

घटना सोमबार सार्वजनिक भएपछि भारतको केन्द्रीय अन्वेषण ब्युरो सिबिआई ले घटनाको अनुसन्धान गरिरहेको हो। यस्तै सबिलालको घर ठेगाना खोज्दै चेन्नई प्रहरीका अधिकारी नेपालमा आएका हुन।

टाइम्स अफ इन्डियाका अनुसार भारतीय सुरक्षाकर्मीले सबिलाललाई हस्तानान्तरण गर्न आग्रह गरेपनि नेपाली नागरिक भएकाले हस्तानान्तरण नगरेको जनाएको हो। सबिलाल उनको जन्मथलोबाट पक्राउ परेको भनेपनि ठेगाना खुलाइएको छैन।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले जिल्लाका कुनै इकाईले पक्राउ गरेको हुनसक्ने बताए। उनले घटनाको जानकारी आफूसम्म नआएको बताए।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र