पहिलो पटक प्रधानमन्त्री हुदा ओलीले एआईजी बनाएका ब्यक्ती यसरी हुने भए सशस्त्रको आइजीपी



हाम्रो इकोनोमि

सशस्त्र प्रहरीको भावी महानिरीक्षक आइजीपीका लागि रस्साकस्सी सुरु भएको छ । चैत २९ गते आइजीपी सिंहबहादुर श्रेष्ठ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै गर्दा नयाँ नेतृत्वको म्याराथन सुरु भएको हो ।

यो म्याराथनमा वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार हुन् । तर खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नारायणबाबु थापा पनि होडमा रहेका छन् ।

केसी र थापाको लविङ पनि तीव्र भइरहेको सशस्त्र मुख्यालयको उच्च स्रोत बताउँछ । त्यसो त सशस्त्र अन्य विभागीय भन्दा आइजीपी नियुक्तिका मामलामा निष्पक्ष मानिन्छ ।

सशस्त्रको उच्च स्रोतले भन्यो, ‘विगतलाई हेर्नुहुन्छ भने खनाल सर आइजीपीमा पक्का हुनुहुन्छ, तर राजनीतिले छोयो भने जे पनि हुन सक्छ ।’

सशस्त्र प्रहरीमा हाल फाजिलसहित ११ जना एआईजी छन् । दुई जना चैत २९ मै अवकासमा पर्दैछन् । एआइजी प्रेमकुमार शाही र प्रकाश ओझा बिदामा बसिसकेका छन् ।

राजनीतिक प्रभाव परे पनि खनालनै आइजीपी बन्ने पक्का भएको स्रोत भन्छ । यसका आधार पनि छन् । खनाललाई केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ असारमा एआइजीमा बढुवा गरेको थियो ।

त्यतिबेला सरकारले कार्यदक्षता, सक्षमता हेरेर खनाललाई पहिलो नम्बरमा बढुवा गरेको जनाएको थियो ।

यो बढुवा विवादमा परेको थियो । लोकसेवा आयोगमा उजुरी पनि परेको थियो । तर लोकसेवा आयोगले सरकारको निर्णय ठीक भएको भनेपछि मुद्दा सर्वोच्च अदालतसम्म पनि पुग्यो । सर्वोच्चले सरकारकै पक्ष लियो ।

आइजीपीको म्याराथन दौडमा रहेका पुष्पराम केसी र नारायणबाबु थापाको एआईजीमा बढुवा भएको १० महिना मात्रै भएकाले पनि अनुभवका आधारमा आइजीपी बन्ने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...