गोली हानी श्रीमतीको हत्या, श्रीमान प्रहरी खोरमा



हाम्रो इकोनोमि

बाँकेमा गएराति एक महिलाको गोली हानी हत्या भएको छ ।डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले गएराति ११ः३० बजे सञ्जयकुमारले  आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले हानेर छोरीसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको जानकारी दिए । बिष्टका अनुसार, कोखा र दाहिने हातमा गोली लागेको शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो ।

 

प्रहरीले गोली हानी श्रीमतीको हत्या गर्ने सञ्जयकुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका सञ्जयकुमारले वयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीले लसपस गरेकाले हत्या गरेको बताएका छन् ।नियन्त्रणमा रहेका सञ्जयकुमारमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...