ओलीले आफ्नो स्वास्थ्य जाँच्ने यी दुई डाक्टरलाई सबै मन्त्रीको स्वास्थ्य जाँचको नियुक्ती दिदै ‘क्याविनेट डाक्टर’ बनाए



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओलीको लामो समयदेखि नियमित स्वास्थ्य जाँच गर्दै आएका डा. दिव्या सिंह शाह र डा. दिलीप शर्माले अव प्रधानमन्त्रीसँगै अन्य १७ जना मन्त्री र चार राज्य मन्त्रीको स्वास्थ्य समेत जाँच गर्ने भएका छन्।

बुधबारको मन्त्रीपरिषद बैठकले यी दुई चिकित्सकलाई प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुको स्वास्थ्य जाँचको जिम्मेवारी दिँदै ‘क्याविनेट डाक्टर’का रुपमा नियुक्त गरेका हो ।

अनुभवी, दक्ष र इमान्दार चिकित्सकको छवी बनाएका यी दुवै चिकित्सकले जाँच गरेपछि र उनीहरुको सुझावपछि मात्रै प्रधानमन्त्री सहित मन्त्रीहरु उपचारका लागि विदेस जान पाउने छन्। यी दुवै चिकित्सकले जिम्मेवारी थपिएको महसुस भएको बताए।

प्रधानमन्त्री र मन्त्रीहरुलाई स्वास्थ्य उपचारका लागि सकेसम्म विदेश नै जान नपरोस भन्ने आफुहरुको चाहना रहेको उनीहरुको भनाई छ।
डा. शाहलाई मिर्गौला प्रत्यारोपणको प्रणेताको रुपमा लिने गरिन्छ ।

डा. शाहकै नेतृत्वमा शिक्षण अस्पतालमा फरक रक्त समूहको मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको थियो। त्यो भन्दा पहिले मिर्गौला प्रत्यारोपणको सेवाको थालनीमा पनि उनले अगुवाई गरेकी थिइन।

त्रिवी शिक्षण अस्पतालमा कार्यरत मिर्गौला रोग विशेष डा. शाह प्राध्यापक समेत हुन्।

वीर अस्पतालमा लामो समयदेखि कार्यरत कलेजो रोग विशेषज्ञ डा. शर्मा नेपाल मेडिकल काउन्सिलका रजिष्टार समेत भएको देश संचारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...