रक्सीले मातेर युवती देख्ने बित्तिकै झम्टिने वडाध्यक्षलाई प्रहरीले जाक्यो खोरमा



हाम्रो इकोनोमि

मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।

पटकपटक मापसे गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनलाई कार्यालयबाटै बुधबार पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए।

बुधबार कार्यालयमा आएका सेवाग्राहीसँग उनले अभद्र व्यवहार गरी गाली गरेका थिए।

मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मापसे गरेको पुष्टि भएको थियो। उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...