रक्सीले मातेर युवती देख्ने बित्तिकै झम्टिने वडाध्यक्षलाई प्रहरीले जाक्यो खोरमा



हाम्रो इकोनोमि

मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।

पटकपटक मापसे गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनलाई कार्यालयबाटै बुधबार पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए।

बुधबार कार्यालयमा आएका सेवाग्राहीसँग उनले अभद्र व्यवहार गरी गाली गरेका थिए।

मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मापसे गरेको पुष्टि भएको थियो। उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...