जंगलमा बसेर मदिरा खाए पछी बलात्कार गरेर प्रहरीले नै युवतीको हत्या गरेको यसरी भयो खुलासा



हाम्रो इकोनोमि

सुर्खेतमा मृत भेटिएकी युवतीको प्रहरीबाटै हत्या भएको खुलेको छ। सुर्खेतमा कार्यरत प्रहरी जवान हरि कोइराला हत्या आरोपमा पक्राउ परेका छन्।

मृत युवती गोरीकला रोकाय एसइईमा सामेल परीक्षार्थी हुन्। उनको सोमबार मृत्यु भएको थियो। प्रहरी जवान कोइरालासँगै खाजा खाएर फर्कने क्रममा उनी मोटरसाइकलबाट झरेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई अस्पताल लैजानुको सट्टा कोइरालाले कोठामा सुताएर भागेका थिए।

स्थानीय लक्ष्मीप्रसाद बाँस्तोलाले प्रहरी जवान कोइरालालाई युवतीसँग चिनजान गराइदिएका थिए। कोइरालाले ‘युवती चाहिएको’ बताएपछि आफूले भेटाइदिएको बाँस्तोलाले बयान दिएका छन्। सोही दिन तीन जना जंगलमा बसेर मदिरा र खाजासमेत खाएको खुलेको छ। र बलात्कार समेत भएको बुझिएको छ।

घटनामा जोडिएका बाँस्तोला पनि पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानमा दुर्घटना जस्तो देखिएको र अनुसन्धानपछि मात्रै थप रहस्य खुल्ने सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...