जंगलमा बसेर मदिरा खाए पछी बलात्कार गरेर प्रहरीले नै युवतीको हत्या गरेको यसरी भयो खुलासा



हाम्रो इकोनोमि

सुर्खेतमा मृत भेटिएकी युवतीको प्रहरीबाटै हत्या भएको खुलेको छ। सुर्खेतमा कार्यरत प्रहरी जवान हरि कोइराला हत्या आरोपमा पक्राउ परेका छन्।

मृत युवती गोरीकला रोकाय एसइईमा सामेल परीक्षार्थी हुन्। उनको सोमबार मृत्यु भएको थियो। प्रहरी जवान कोइरालासँगै खाजा खाएर फर्कने क्रममा उनी मोटरसाइकलबाट झरेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई अस्पताल लैजानुको सट्टा कोइरालाले कोठामा सुताएर भागेका थिए।

स्थानीय लक्ष्मीप्रसाद बाँस्तोलाले प्रहरी जवान कोइरालालाई युवतीसँग चिनजान गराइदिएका थिए। कोइरालाले ‘युवती चाहिएको’ बताएपछि आफूले भेटाइदिएको बाँस्तोलाले बयान दिएका छन्। सोही दिन तीन जना जंगलमा बसेर मदिरा र खाजासमेत खाएको खुलेको छ। र बलात्कार समेत भएको बुझिएको छ।

घटनामा जोडिएका बाँस्तोला पनि पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानमा दुर्घटना जस्तो देखिएको र अनुसन्धानपछि मात्रै थप रहस्य खुल्ने सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...