५ सय रुपैया दिएर बालिका करणी गर्ने असईलाई प्रहरीले सिस्नु पानी लगायो



हाम्रो इकोनोमि

बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक (असई) बलबहादुर ठटाल पक्राउ परेका छन् ।

चौध वर्षिया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले पक्राउ गरेको हो । बालिकाले खाना खाए लगतै वान्ता गर्न थालेपछि परिवारले सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको वताएपछि रहस्य सार्वजनिक भएको हो ।

पिडितका आफन्तका अनुसार ठटालले बालिकालाई गत पुषमा बलात्कार गरि ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए । ठटालले बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको समेत आफन्तले वताएका छन् ।

पक्राउ परेका ठटालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ । पिडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरीका विज्ञान वस्नेतले वताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...