५ सय रुपैया दिएर बालिका करणी गर्ने असईलाई प्रहरीले सिस्नु पानी लगायो



हाम्रो इकोनोमि

बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक (असई) बलबहादुर ठटाल पक्राउ परेका छन् ।

चौध वर्षिया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले पक्राउ गरेको हो । बालिकाले खाना खाए लगतै वान्ता गर्न थालेपछि परिवारले सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको वताएपछि रहस्य सार्वजनिक भएको हो ।

पिडितका आफन्तका अनुसार ठटालले बालिकालाई गत पुषमा बलात्कार गरि ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए । ठटालले बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको समेत आफन्तले वताएका छन् ।

पक्राउ परेका ठटालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ । पिडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरीका विज्ञान वस्नेतले वताए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...