ओलीलाई टेको हालेर महाभूल गरेको भन्दै ओली बिरुद्द पड्किए मधेशी नेता,सरकारलाई नै च्यालेन्ज



हाम्रो इकोनोमि

प्रधानमन्त्री ओली नेतृत्वको सरकारसँग भित्रभित्रै चिढिएको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ओली सरकारलाई ‘समर्थन’ गर्नु आफूहरुको ‘महागल्ती’ भएको बताएको छ ।

आफूहरुको मुख्य मुद्दा संविधान संशोधनमा लिखित सम्झौता नगरी सरकारलाई सहयोग गर्नु आफूहरुको गल्ती भएको राजपा–फोरमले निष्कर्ष निकालेका छन् । आफ्नो समर्थनबाट सरकारलाई २ तिहाई पुगे पनि माग सम्बोधनमा भने सरकारले कुनै तत्परता नदेखाएको भन्दै उनीहरुहरु ओली सरकारसँग बिच्किएका हुन् ।

यो विषयमा पार्टी अध्यक्ष मण्डलले चाँडै समीक्षा गर्ने राजपा महासचिव मनिषकुमार सुमनले बताएका छन् । उनले लामो समयदेखि आफूहरुले उठाउँदै आएको मुद्दा फेरि ओझेलमा पर्ने संकेत देखिएको बताए । उनले भने, ‘संविधान संशोधनमा लिखित सहमति नगरी सरकारलाई समर्थन गर्नु गल्ती भयो ।’

आफ्ना नेता रेशम चौधरीलाई छुटाउने विषयमा सहमति भएर पनि सरकार पछि हटेपछि राजपा चिढिएको देखिएको छ । राजपा महासचिव सुमनले संविधान संशोधनलगायत अन्य मुद्दामा प्याकेजमा सहमति हुने भनिए पनि अहिलेसम्म निकासका लागि कुनै पहल हुन नसकेको टिप्पणी गरेका छन् । संघीय समाजबादी फोरम पनि अहिलेसम्म अन्योलकै अवस्थामा छ । फोरम नेता राजेन्द्र श्रेष्ठले भने, ‘नेपालको राजनीतिमा कति खेर के हुन्छ को कसको इशारामा चल्छ भन्न सकिदैन ।’ संविधान संशोधन गर्ने सरकारले प्रतिवद्धता जनाए पनि लिखित सहमति हुन नसक्दा आफ्नो पार्टी सरकारमा नगएको श्रेष्ठले बताए ।

सरकारमा आउने कुरा अन्योल

केहि समयअघि ओली सरकारमा आउनका लागि आफू तयार रहेको बताउँदै आएका फोरमको प्रधानमन्त्री ओलीसँग नजिकिंदै गएको सम्बन्धमा चिसोपन बढेको छ । तेस्रो चरणको सरकार विस्तार गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओली फोरमलाई सरकारमा स्वागत गर्न पर्खदै आएका थिए । दुई मन्त्रालय राखेर फोरमलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका ओलीले अब के गर्छन् भन्ने कुरा पनि अन्योलपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...