‘थाङ्ने’ कर्मचारी भाटा हान्छु भनेका लालबाबुले शनिबारबाहेक अब बर्षमा १५ दिनमात्र विदा दिने यस्तो कुरा सुनाए



हाम्रो इकोनोमि

सार्वजानिक विदा बढी भएर हत्तु बेहोरेका नेपालीहरुका लागि खुसीको खबर छ । त्यो हो सार्वजानिक विदा कटौती । जसै दोश्रो पटक लालबाबु पण्डित वातावरण मन्त्री नियुक्त भएका थिए उनले सार्वजानिक विदा बढी भएकोप्रति असन्तृष्टी पोख्दै आएका थिए । वातावरणमन्त्री नियुक्त भएको नौ दिन वित्दा दुई दिन बाहेक बाँकी दिन सार्वजानिक बिदा परेपछि उनले तितो पोख्दै विदा घटाउनु पर्ने बताँउदै आएका थिए । मन्त्री पण्डितहरुकै जोडबलमा सरकारले सार्वजानिक बिदामा व्यापक कटौती गर्ने भएको हो ।
गृह मन्त्रालयका अनुसार हाल अनावश्यक रुपमा दिइदै आएको विदा कटौती गर्नेगरी प्रस्ताव गृह मन्त्रालयले तयार पारेको छ । त्यहाँ २२ दिनको सार्वजनिक बिदा कटौती गर्न तयारी छ । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो । कर्मचारीले आफु संग जोरी खोजेको भन्दै केहि दिन अघी लालबाबुले ‘थाङ्ने’ कर्मचारीसँग छलफल गर्दिन अटेर गर्नेलाई ठाउँको ठाउँ भाटा हान्छु समेत भनेका थिए।

गृह मन्त्रालयले बिदा कटौतीका सबै सूची सार्वजानिक नगरे पनि शनिवार बाहेकका १५ दिन सार्वजानिक बिदा छुट्टाई बाँकी सबै कटौती गरिएको छ ।

यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।

कटौती प्रस्ताव गरिएका बिदा

दिवस : गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस

चाड : घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमा

जयन्ती : रामनवमी र श्रीकृष्ण जन्माष्टमी

पर्व : जनैपूर्णिमा, ऋषिपञ्चमी ९महिला कर्मचारीका लागि मात्र०

नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...