भारतले महाकाली नदीमा बनाएको ८ वटा पुल नेपालीले भत्काइदिए, नेपाली सेनाले दियो सुरक्षा



हाम्रो इकोनोमि

अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल निर्माण गरेको खुलासा भएको छ । नेपालको अनुमति विना नै भारतले महाकाली नदीमा नेपाल-भारत जोड्ने ८ वटा अस्थायी काठेपुल निर्माण गरेको पाइएको हो ।दार्चुलाको उत्तर पश्चिमी क्षेत्र व्याँस गाउँपालिका-२ राप्लाका विभिन्न क्षेत्रमा भारतले ८ वटा अस्थायी काठेपुल निर्माण गरेको वडा नं. २ का वडाध्यक्ष धिरनसिँह बुढाथोकीले जानकारी दिए ।

व्याँस गाउँपालिका-२ राप्लाको तम्बाकु र लखनपुरमा तीन वटा, थीकोभीर, दोपाखे, घाँटी, पोला, बुँदी क्षेत्रमा एक/एक वटा गरी जम्मा ८ वटा काठेपुल निर्माण भएको पाइएको वडाध्यक्ष बुढाथोकीले बताए ।नेपालको अनुमति विना निर्माण गरेका ती अस्थायी काठेपुल निर्माण गरिएको क्षेत्र नेपाली वस्तीभन्दा झण्डै साढे दुई किलोमिटर उत्तरमा पर्छ ।यस सम्बन्धमा सीमा बैठकमा समेत नेपाली पक्ष कडा प्रस्तुत भएपछि गल्ती स्वीकार्दै ती अस्थायी काठेपुल हटाउन भारत सहमत भएको थियो । दुई वटा काठेपुल भारतले यसअघि हटाएको पनि थियो ।

यसअघि ४ ठाउँमा काठेपुल निर्माण गरेको भन्ने खबरहरु आएपनि ८ वटा काठेपुल निर्माण गरी भारतीय नागरिक तथा कामदारहरु निर्वाधरुपमा आवतजावत गर्ने गरेको राप्लाका स्थानीयले जानकारी दिएका छन् ।‘नेपाली प्रशासन त भारत सामु झुक्छ, हाम्रो केही बोल्ने आँट पनि आउँदैन ।’ स्थानीय एक जनाले भने ।उनले सीमा क्षेत्रमा भएका घटना जस्तै कन्चनुपुरमा भएको घटनालाई स्मरण गर्दै त्यो घटना दोहोरिने त्राससमेत आफूहरुमा रहेको उनको दुखेसो छ ।

नेपाली पक्षको आवश्यकता भएको ठाउँमा पुल निर्माण गर्न नदिने र मानवीय वस्ती नभएको क्षेत्रमा पुल निर्माण गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।मंगलबार स्थानीयहरुले आˆनो आवश्यकता रहेको क्षेत्रमा पुल निर्माण गर्न भारतले अनुमति नदिएको भन्दै ५ ठाउँका अस्थायी काठेपुल हटादिएका छन् ।

३०/३५ जना स्थानीयहरुको टोली गएर तम्बाकु र लखनपुर क्षेत्रका तीन वटा र थीको भीर र दोपाखेमा भारतले निर्माण गरेका एक/एक वटा गरी पाँच वटा काठेपुल भत्काइदिएका छन् ।स्थानीयहरु आक्रोशित भइ पुलहरु भत्काउन भन्दै सीमा क्षेत्रतिर गएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाबाट सशस्त्रको टोली, दुम्लिङ र सुन्सेरा प्रहरी चौकीबाट नेपाल प्रहरीको टोली समेत सीमा क्षेत्रमा गएको थियो ।त्यस्तै उत्तरी सीमा क्षेत्रमा फागुन महिनाको अन्तिमतिर नेपाली सेनाको दुर्गादल गुल्मबाट नेपाली सेनाको टोली पनि त्यस क्षेत्रमा गएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...

सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...